सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा श्रीकृष्णजन्माष्टमीको चहल पहल  (फोटो फिचर )

आइतबार, १७ भदौ २०७५, १२ : २०
आइतबार, १७ भदौ २०७५

बुटवल– आज बिहानैदेखि बुटवलका विभिन्न कृष्ण मन्दिरहरुमा श्रीकृष्णजन्माष्टमीको पस्जा आराधान र भजनकिर्तन चलिरहेको छ । बुटवलको देविनगरका रहेको कृष्ण मन्दिर र सुख्खा नगरको कृष्ण मन्दिर लगायतका दर्जनौ मन्दिरमा यस्तो चहल पहल चलेको हो ।

भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । मन्दिर जान नसकेका श्रद्धालुहरुले ब्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गरेका छन् । श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजनकीर्तन गरेर कृष्णको महिमा गाएका छन् ।

 भगवान कृष्णले आफ्नै मामा कंसको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको भाद्र कृष्ण अष्टमीको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप