सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा एभरेष्ट बैंक भित्रैबाट सेवाग्राहीको रकम लुटियो

आइतबार, १७ भदौ २०७५, १३ : २८
आइतबार, १७ भदौ २०७५

बुटवल– आइतबार बिहान बुटबलस्थित एभरेष्ट बैंक भित्रैबाट रकम  लुटिएको छ । 

  विपी चेकमा रहेको बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको  बिहान १० बजेट र ५ मिनेट जाँदा  २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो ।   

ज्ञवालीको नेपागञ्ज रोडमा दुर्गा प्लास्टिक हाउस रहेको छ । 

तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । 

लुटेराबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप