सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वर्षमा ३ अर्ब ८१ करोडको चिया उत्पादन गर्ने चीनको विशाल बगान (फोटोफिचर)

सोमबार, १८ भदौ २०७५, १० : १४
सोमबार, १८ भदौ २०७५

काठमाडौँ । जता हेर्यो उतै चिया । ३० हजार हेक्टर क्षेत्रफलमा विशाल चिया बगान । २ लाख ७० हजार जनसंख्या चिया खेतीमा संलग्न । जिल्लाको सम्पूर्ण भूभागको ९० प्रतिशत हाराहारी जमिनमा चिया खेती । चिया खेतीबाट किसानको प्रतिव्यक्ति आय १३ हजार चिनियाँ युवान । यो चीनको सिचुवान प्रान्तको सबैभन्दा धेरै चिया उत्पादन हुने मिङसाङ जिल्लाको सफलताको कथा हो । 

चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुबाट पश्चिम क्षेत्रमा पर्ने मिङसाङ जिल्ला चिया खेतीका लागि प्रख्यात छ । यो जिल्लाको मेङ्दिङ पहाड चिया खेतीका लागि प्रख्यात मात्र छैन यहाँ उत्पादन भएको चिया उत्कृष्ट पनि छ । यो पहाडको चिया खेती सिचुवान प्रान्तको मात्र नभई चीनको पनि सबैभन्दा धेरै चिया उत्पादन हुने क्षेत्र मध्ये एक हो । मिङस्याङ जिल्ला चिया उत्पादनमा सिचुवान प्रदेशमा पहिलो स्थानमा र चीनको आठौँ स्थानमा रहेको छ । सन् २०१७ मा यो क्षेत्रको चिया कम्पनी चीनको १० ठूला कम्पनीभित्र परेको चिया कम्पनीका प्रतिनिधीले जानकारी दिए ।

सन् २०१३ मा गएको शक्तिशाली भूकम्पले ठूलो आर्थिक क्षति पु¥याएपछि यो क्षेत्रमा चीन सरकार र चीनको गरिवी निवारण कोषले विशेष योजना अघि सारेको थियो । त्यो योजनाको मुख्य उद्देश्य चिया र पर्यटन उद्योगको विकास गर्ने र जनताको आर्थिक स्तर माथि उठाउने थियो । पर्यटन र कृषिलाई जोडेर थालिएको यो अभियान अहिले सफल भएको छ । 

अहिले यहाँ वार्षिक प्रतिव्यक्ति आय १३ हजार चिनियाँ युवान पुगेको छ । यहाँ उत्पादन भएको चियाको गुणस्तर र बजार अहिले निकै राम्रो छ । सन् २०१७ मा यहाँ चिया बगैँचाबाट ३ अर्ब ८१ करोड चिनियाँ युवान आम्दानी भएको थियो ।

यहाँ मेङ्दिङ चिया कम्पनी लिमिटेडमार्फत सञ्चालन भएको चिया उद्योगमा  चियाको प्रजनन्देखि उत्पादन, प्रशोधन र बिक्रीवितरुणको काम समेत हुने गरेको छ ।  

यहाँ चियाबाट मात्र आम्दानी नभई पर्यटनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । चिया बगानलाई पर्यटनसँग पनि जोडेका कारण यहाँ अहिलेसम्म ४४ लाख पर्यटकले भ्रमण गरेका छन् । पर्यटकलाई आफैले चिया टिप्ने, आफैले चिया बनाएर पिउने सम्मको सुविधा दिइएको छ । पर्यटकका लागि भौतिक पूर्वाधार पनि बनाइएको छ ।

चिया र पर्यटन उद्योग यहाँको नमुना उद्योग हो । यहाँको चिया पिउनका लागि मात्र नभई औषधी बनाउन पनि प्रयोग हुने गरेको छ । जिल्लामा ७ वटा चिया पर्यटन क्षेत्र रहेको छ भने ३ वटा ठूला चिया अवलोकन क्षेत्र बनाइएको छ । ३० हजार हेक्टर जमिनमा २ लाख ७० हजार जनसंख्या चिया उत्पादनमा संलग्न छन् । यहाँ मुख्य रुपमा ‘ग्रीन टी’ उत्पादन हुने गरेको छ । 

गाउँलेको आफ्नो जग्गामा चिया लगाइएको छ भने उनीहरु आफैले उत्पादन गरेर विक्री गर्न सक्छन् । कम्पनीको पनि ठूलो मात्रामा आफ्नै जग्गा छ । 

यो त्यो क्षेत्र हो जहाँ उ दि फङले जंगली चियालाई ब्यवसायीक खेती शूरु गरेका थिए । उनैले पहिलो पटक चिया रोपेका थिए । देशभरी पाइने चियाका प्रजातिहरु यहाँ छन् । चियाको बजार प्रबद्र्धनका लागि सिसिटिभीमा विज्ञापन गरिएको छ । 

भूकम्पपछि सिर्जना भएको गरिबी निवारणका लागि चीनले चिया खेतीलाई प्रोत्साहन गरेको थियो । चिया उत्पादनसँगै पर्यटन प्रबद्र्धनलाई समेत एक साथ अघि बढाएपछि अहिले त्यस क्षेत्रका मानिसको आर्थिक आयमा बृद्धी भएको छ । 

विश्वमा चिया उत्पादनको क्षेत्रमा चीन अग्रस्थानमा छ । चीनले हरेक वर्ष १ सय मिलियन अमेरिकी डलर बराबरको चिया विदेशमा विक्री गर्ने आँकडा छ । 

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप