सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वयम्भुको जंगलमा २२ वर्षिय युवकको शव भेटियो

मङ्गलबार, १९ भदौ २०७५, १८ : २७
मङ्गलबार, १९ भदौ २०७५

गुल्मी– बाग्लुङ्गका एक युवाको शव शीर छेदन गरी हत्या गरिएको अवस्थामा काठमाडौंमा शव फेला परेको छ । बुर्तिङ्गबाङ्ग घर भई काठामाडौंको सानो भर्याङ्गमा हजुरबुवा र हजुर आमासँग बस्दै आएका २२ वािर्षय संगिन जिसीको शव स्वयम्भुको जंगलमा भेटिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

मृतक जिसी रक्षाबन्धनको दिन दिउँसो २ बजेतिर घुम्न जान्छु भन्दै हिडेका थिए । फोन स्वीचअफ भएसँगै उनी घर नआएपछि अर्को दिन उनका हजुर बुवाले महानगरीय प्रहरी वित्तमा खोजीका लागि निवेदन दिएका थिए ।

भदौ १७ गतेका दिन बालबालिकाहरुले स्वयम्भु जंगलमा शव देखेपछि प्रहरीलाई खवर गरिएको थियो । महानगरिय प्रहरी प्रहरी वृृत्तका प्रहरी नायव उपरिक्षक होन्द्रि बोगटीले परिवारले दिएको हुलियाका अधारमा जिसीको कपडा र चप्पल परिचान भएको जानकारी दिए ।

मृतकका बाबु मिनबहादुर जिसीले छोराको हत्या नियोजित ढंगले भएको दाबी गरेका छन् । उनले हत्यारालाई कानुनी दायरामा ल्याउन माग समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप