प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नयाँ शक्तिको जोड
बुधबार, २० भदौ २०७५, १३ : ३८
काठमाडौं– बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकोमा जोड दिएको छ ।
नयाँ शक्तिले बुधबार जारी गरेको एक विज्ञप्तिमा नेपालको लोकतन्त्रलाई अझै पारदर्शी, जनताप्रति उत्तरदायी र समुत्रत बनाउन जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा हालै सर्वोच्च अदालतले अविदेशमा रहेको नेपालीले पनि नेपालको निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्न सरकारको नाममा निर्देशात्मक आदेश जारी गरेकोकोमा सोका लागि व्यवस्था मिलाउन आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।