सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा ओपो एफ नाइनको विक्रि सुरु, ५ मिनेटको चार्जले २ घण्टाको टक टाइम

बुधबार, २० भदौ २०७५, १६ : ५५
बुधबार, २० भदौ २०७५

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोद्वारा नेपालमा एफ नाइनको विक्रि आरम्भ गरिएको छ । ओपोले भदौ १४ देखि आफ्ना देशभर रहेका विक्रि केन्द्र मार्फत नयाँ उत्पादन उपलब्ध गराउँदै विक्रि आरम्भको घोषणा गरेको हो ।

कम्पनीद्वारा सार्वजनिक नयाँ स्मार्टफोन ओपो एफ नाइनमा भोक फ्ल्याश चार्जिङ सुविधा उपलब्ध छ । फोनमा प्रमुख आकर्षणका रुपमा उपलब्ध गरिएको भोक फ्ल्याश चार्जिङ मार्फत उपभोक्ताले मात्र ५ मिनेट चार्ज गरी २ घण्टा सम्मको टक टाइम प्राप्त गर्न सक्छन् ।

ओपोले एफ नाइन मार्फत फोन उद्योगमै पहिलो पटक ग्राडियण्ट कलर डिजाइन उपलब्ध गराएको छ । एफनाइनको डिजाइन उपभोक्तालाई अत्याधुनिक प्रविधि र नवप्रबर्तनात्मक विशेषज्ञताका साथै पृथक अनुभव प्रदान गर्ने सोचका साथ गरिएको देखिन्छ ।

४ जीबी भ्यारियण्टका लागि ४१,५९० र ६ जीबी भ्यारियण्टका लागि ४५,५९० मूल्यनिर्धारण गरिएको ओपो एफनाइन हालका लागि सनराइज रेड र ट्वाइलाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।

विक्रि आरम्भका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नयाँ उत्पादन ओपो एफनाइनका लागि प्राप्त माया र सहयोगका लागि हामी समस्त उपभोक्तामाझ हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ । उपभोक्ता मार्फत प्राप्त प्रतिक्रियाले हामी निकै प्रशन्न छौँ । निकट भविस्यमा नै उपभोक्ताको आवश्यकता र चाहना अनुसारका थप उत्कृष्ट उत्पादन भित्र््याउन हामीलाई यसले थप हौसला र विश्वास मिलेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप