सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भल्क्सवैगनको पोलो १.० नेपाली बजारमा, पहिला बुक गर्ने सय जनालाई २५लाखमैे

आइतबार, २४ भदौ २०७५, १९ : १२
आइतबार, २४ भदौ २०७५

काठमाडौं  । भल्क्सवैगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपालले फाँंक्सवैगनको नयाँ मोडलको गाडी पोलो १.० नेपाली बजारमा भित्राएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलनकोे आयोजना गरी नयाँ गाडी बजारमा आएको जानकारी दिएको हो । ९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडी इन्धन बचतमा कोशेढुंगा बन्ने कम्पनीको दावी छ ।

यसअघि नेपाली बजारमा भल्क्सवागन पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध थियो । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा व्यवस्था भए अनुसार १००० सीसी भन्दा माथिका गाडीमा कर वृद्धि गरिएको भए पनि यो नयाँ मोडलको गाडि खरिदले उपभोक्तालाई उक्त कर वृद्धिले कुनै असर नपर्ने कम्पनीको दावी छ ।

गाडीको बजार मुल्य २६ लाख पन्चानब्बे हजार रहने जानकारी कम्पनीले दिएको छ । नजिकिदै गरेको नेपालीहरूको महान चाड दशैंको शुभ अवसरमा कम्पनीले गाडीको मुल्यमा विशेष छुटको व्यवस्था गरेको छ । जस अनुसार गाडी बुक गर्ने प्रथम सय ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने छन् ।

विशेष छुट सहितको उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश रहेको कार्यक्रममा जानकारी दिइयो । 

सन् २०११ मा नेपालको बजारमा ल्याएको पोलो १.६ ह्याचब्याक गाडी अत्याधिक सफल र दोस्रो बजारमा पनि सबै भन्दा बढी मुल्य पाउने गाडी रहेको कम्पनीको दावी छ । पोलो १.० ले पनि उपभोक्ताहरूबाट उस्तै माया र सद्भाव पाउने कम्पनीले आशा राखेको छ ।

भल्क्सवैगन पोलो नियमित मर्मत सम्भारमा लाग्ने खर्चको हिसाबमा सबैभन्दा कम खर्चिलो गाडी रहेको कुरा स्वतन्त्र सर्भे गर्ने सँस्था ईलम कन्सल्टेन्सीले प्रमाणित गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो । अध्ययनले भल्क्सवैगन पोलो गाडी अन्य ब्राण्डका सोहि समूहका गाडी भन्दा ३० प्रतिशत कम खर्च पर्ने देखाएको छ ।

अध्ययन अनुसार अन्य ब्राण्डका गाडीहरु ५,००० कि.मी. मा सर्भिसिङ गर्नुपर्ने भएपनि भल्क्सवैगन पोलो गाडी १५ हजार कि.मी. सम्म निर्धक्क चलाउन सकिनेछ । 

कार्यक्रममा पूजा इन्टरनेशनलका कार्यकारी अधिकृत विबेक विजुक्छेले अन्तर्राष्ट्रिय गाडीकोे व्यापारमा पछिल्ला दुई वर्षमा भल्क्सवैगन अग्र पंक्तिमा रहेको बताए । 

भल्क्सवैगनको नेपालमा हाल ९ वटा सर्भिस स्टेशन रहेको छ, जसमध्ये ३ वटा काठमाडौंमा रहेको छ । कम्पनीले बजारमा ल्याएको उक्त मोडलको गाडी लोकप्रिय करको रूपमा स्थापित हुने कार्यक्रममा जानकारी दिइयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप