सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेमीसँग मिलेर श्रीमानको हत्या प्रकरणः न प्रेमी न श्रीमान, दुवै जेल

आइतबार, २४ भदौ २०७५, २० : १९
आइतबार, २४ भदौ २०७५

बुटवल– केहि दिनअघि  प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने एक महिलासहित तीन जनालाई अर्घाखाँची प्रहरीले सार्वजनिक गरेको छ ।  भदौ १८ गते  सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा प्रेमीसँग मिलेर    वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हत्या उनकी श्रीमतीले गरेकी थिइन्  ।

उनकी श्रीमती राधा बस्याल, उनका प्रेमी  रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा डिभर्नाकी बसुन्धरा बस्यालले  खुट्टा बाँधेर घाँटी थिचेर हत्या गरी बोरामा हालेर जंगलमा फालेको अवस्थामा घर्तीमगरको शव भेटिएको थियो । उनीहरुलाई  प्रहरीले सार्वजनिक गरेको हो ।

घटनाका अभियुक्त रमेश विक र राधा घर्तीबीच विगत ८ बर्ष देखिको माया प्रेम रहेको र विवाह गरि घरजाम गराउने उद्धेश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए  ।

धनबहादुरको हत्या गरेपछि राधाकी आमाले जंगलको ठाउँ बताएपछि  बोरामा बाधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका छन् ।

अभियुक्त रमेशलाइ सल्यानको शित्तलपाटीबाट पक्राउ गरेपछि आज प्रहरीले पत्रकार सम्मेलन गरि अभियुक्तलाइ पक्राउ गरेको थियो ।  उनीहरुलाइ कर्तब्य ज्यान मुद्धा अनुसार कारबाहीको प्रकृया सुरु गरिएको प्रहरी  उपरिक्षक खिम बहादुर  घर्तिमगरले जानकारी दिए   । अभियुक्त बिकले बिदेशबाट घर नगई प्रेमीको घरमा सुटकेश समेत लगेर पुगेका थिए । राधाका श्रीमान बाग्लुङ्ग भएकोले तिन दिन सम्म त्यसै घरमा बसेर चौथो दिन राधाको माईती घरमा बस्न गएका थिए । दशैमा आउँछु भनेर हिडेका उनका श्रीमान बाग्लुङ्गबाट आई  श्रीमती माईतीमा अर्कै मान्छे लगेर पुगेकी छ भन्ने सुराक पाएपछि उनि पनि राधाको माईती पुगेका थिए । त्यस क्रममा विवाद चर्कीदै गएपछि उनको ३ जना मिलेर हत्या भएको खुलेको छ ।  प्रहरी प्रमुख मल्लका अनुसार उनीहरुबीच १८ वर्षको उमेरमा विवाह भएको र एउटा १४ बर्ष र अर्का ९ बर्षका छोरा रहेका छन् । उनीहरुको अहिले बिचल्ली भएको छ । विदेशमा रहेका प्रेमी विकसँग फेसवुकबाट प्रेम सम्वन्ध चलेदेखि उनै संग लिन हुँदै आएपछि अहिले यस्तो घटना घटन् पुगेको प्रहरी प्रमुख मल्लले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप