सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीजमा  महिलाद्वारा महिलाको निर्मम हत्या

बिहीबार, २८ भदौ २०७५, १० : ५६
बिहीबार, २८ भदौ २०७५

म्याग्दी–  दिदीबहिनीबीच दुःखसुख साट्ने  हरितालिका तीजमा महिलाद्वारा महिलामाथि जघन्य प्रकारको हिंसाको खबरले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ ।

 मंगलबार दर खाने दिनमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेलले छिमेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई हत्या गरेकी छन् । 

ती महिलाले मंगलबार साँझ बाटो हिँडेकी बुहारीलार्इ बञ्चरो प्रहार गरी हत्या गरेको र अभियुक्त  महिलालाई नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्गले जानकारी दिए ।
 हत्याको कारण खुल्न बाँकी रहेको  गुरुङ्गले बताए । अभियुक्तले मृतकको टाउकोमा बञ्चरो प्रहार गर्दा लोकमायाको घटनास्थलमै मृत्यु भएको थियो । 
लक्ष्मीलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप