मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

असार १४ मा चुनाव गर्न नसके देउवामाथि ‘असक्षमता’को अर्को तक्मा : एमाले

बुधबार, ३१ जेठ २०७४, १६ : ०६
बुधबार, ३१ जेठ २०७४

काठमाडौं – नेकपा एमालेका स्थाई कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेसले चुनाव गर्न नचाहेको निष्र्कष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकले कांग्रेसले अनेक बाहाना बनाएर चुनाव सार्न चाहेको ठहर गरेको छ । 

स्थायी समितिको बैठक जारी रहेका बेला पत्रकारहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने–‘यदी प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ मा ४ प्रदेशमा स्थानीय तहको निर्वाचन गर्न सकेनन् भने उनीमाथि असक्षमताको थप अर्को तक्मा थपिनेछ ।’


स्थायी समितिको बैठकले तोकिएको मितिमा असार १४ गते प्रदेश नंबर १, २, ५ र ७ मा चुनाव गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेता भट्टराईले जानकारी दिए । 

एमालेले संविधान संसोधनको विषय र स्थानीय तहको बिषय फरक भएको भन्दै चुनाव अबरोध गर्ने गरी संसोधनका लागि बार्गेनिङ गर्न नहुने बताएको छ । पहिलो चरणको निर्वाचन भएपछि थप स्थानीय तह थप्ने कुरा एमालेलाई मान्य नहुने, औचित्य र आवश्यकता अनुसार पछि थप्नेबारे भने बिचार गर्न सकिने बताएको छ ।   

बैठकले कुनैपनि बहानामा निर्वाचन सार्न नहुने, २ नंबर प्रदेशको चुनाव पछि स¥यो भने एमालेले नमान्ने र असार २ गते सबै प्रदेशमा उम्मेदवारको मनोनयन हुनुपर्नेमा जोड दिएको छ । 

साथै एमालेले राष्ट्रिय जनता पार्टी नेपालले उठाएको माग सकारात्मक छन् भने संबोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ । आन्दोलनका घाइतेको उपचार, मृतकलाई क्षतिपूर्ति र निर्दोष मानछेको मुद्धा फिर्ता लिन पनि सरकारलाई आग्रह गरेको छ । 

एमाले स्थायी समितको बैठकले प्रदेश नम्बर दुई अन्र्तगतका सबै स्थानीय तहको उम्मेदवारको साँझसम्म टुङ्गो लगाउने भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप