मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

देउवा सरकार मैले चाइनिज भाषा नबुझेजस्तै भयोः केपी ओली

बिहीबार, ०५ साउन २०७४, १४ : १६
बिहीबार, ०५ साउन २०७४

काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले  विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गरेका छन् । 
बिहिबार राजधानीमा जिफन्टको सातौं राष्टिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन समारोहमा बोल्दै उनले   सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे । 

‘यो  सरकारलाई विकास भन्ने कुरा केहि थाहा छैन ’, उनले भने, ‘ मेरो अगाडी चाइनिज भाषा बोले मेले बुझ्दिन । त्यसैगरी सरकारको विकासको कुरा बुझ्दैन ।’ उनले वर्तमान सरकार लाभ प्राप्त हुँदा जे पनि गर्ने खालको भएको भन्दै   सार्वभौमिकता, भौगोलिक अखण्डताको जस्ता सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।  उनले आफूले भनेका कतिपय  राम्रा कुराहरु अनलाइनहरुले उखान टुक्काको रुपमा बुझेको भन्दै कटाक्ष समेत गर्न भ्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप