मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

आइतबार, ०७ असोज २०७५, ०६ : १६
आइतबार, ०७ असोज २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०६-०७) कस्तो रङ र अंक प्रयोग गर्ने ? 

 

मेष  : विशिष्ट तथा महत्वकाक्षी योजनहरु आजको दिन सार्वजनिक गर्नुहोला समय राम्रो रहेकोछ । दाजुभाई तथा अग्रजहरुको सुझाव लिदै काम गर्नुहोला । सरकारि संयन्त्र सँग सम्बन्धित कामहरु समयमा नै सम्पादन गर्न सकिनेछ । रातो रङको प्रयोग गर्नुहोला । ॐ लम्बोदराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । १ र ५ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

बृष : राज्य भावमा गोचर गर्ने चन्द्रमाले नयाँ काम तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणका लागि आजको प्रयास सकारात्मक रहनेछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि आजको दिन शुभ रहेकोछ । सामाजिक काम आजको दिन थालनि गर्नुहोला । खरानि रङको प्रयोग गर्नुहोला । ॐ देवमाताय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ८ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

मिथुन : धर्म तथा अध्यात्म क्षेत्रमा तपाईको उपश्थिति तथा सहभागिता मनन योग्य रहने हुदा त्यस्ता क्षेत्रमा समय दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो नतिजा ल्याउन सकिनेछ भने पढाई लेखाईमा मन जानेछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ सामप्रियाय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । ३ र ६ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

कर्कट :कष्ट भावमा गोचर गर्ने भएपनि शुभ फल प्राप्त हुनेछ  । लामो दुरिका समुन्द्र पारको यात्रा तय गर्नुहोला । प्रयत्न गर्दा नसोचेको धन तथा सम्पति हात लागी हुनेछ । दिदि बहिनीको सहयोग लिई काम गर्दा सहज रुपमा सम्पादन हुनेछ । सेतो रङको प्रयोग गर्नुहोला । ॐ शितिकंठाय नम  मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ ।  १ र ४ अंकको प्रयोगले दिन शुभ रहनेछ ।

 

सिंह : व्यापार भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले व्यापारमा प्रशस्त समय दिएमात्र लाभ लिन सकिने समय रहेकोछ । व्यापारकै शिलशिलामा यात्राको तय गर्नुहोला समय राम्रो रहकोछ ।  कफि रङको पर्रयोग गर्नुहोला । ॐ  त्रिलोकेशाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । १ र ५ अंकको प्रयोगले  दिन शुभ रहनेछ । 

 

कन्या : छैटौ भावमा गोचर गर्ने चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा भाग लिनुहोला प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । कृषि तथा सहकारि व्यावसायमा समय दिनुहोला मनग्गे धन लाभ हुनेछ । हरियो खरानि रङको प्रयोग गर्नुहोला । आजको लागि  शुभ अंक २ र ६ रहेकोछ भने ॐ अनेकवर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ ।

 

तुला : पञ्चम भावमा गोचर गर्ने चन्द्रमाले बौद्धिकताको प्रयोग मार्फत आफ्ना योजनाहरु अगाडी बढाउनुहोला । शिक्षा पेशा सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आजको लागि शुभ रंग प्रयोग गर्दे हुनुहुन्छ भने गुलावी रंगको प्रयोग गर्नुहोला । शुभ अंक १ र ५ रहेकोछ भने ॐ सिद्धिविनाएक नम ः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

 

बृश्चिक :चौथो स्थानमा गोचर गर्ने चन्द्रमाले घर जग्गा तथा सवारि साधनको कारोबार आजको दिन सन्तोषजनक आम्दानि हुनेछ । समाजमा जनताको काम गरि ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ ।  शुभ रङ हरियो प्रयोग गर्नुहोला । ॐ सिद्धिविनाएक नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ४ र ८ अंकको प्रयोग गर्नुभयो भने दिन शुभ रहनेछ । 

 

धनु : तृतिय भावमा गोचर गर्ने चन्द्रमाले छोटो दुरिको रमाईलो यात्राको तय गर्नुहोला भरपुर मनोरञ्जनका साझ समय बित्नेछ । व्यापार तथा उद्योगमा लगानि बढाउनुहोला मनग्गे आम्दानि हुनेछ । सेतो रङको प्रयोग गर्नुहोला । ॐ गिरिप्रियाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ४ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

मकर : धन भावमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी बुध आएस्थानमा गोचर गरिरहेको बुधले काउन्सेलिङ,मोटिभेषन तथा बोलेर गर्ने पेशामा आवध्द्ध व्याक्तिहरुले नाम तथा दाम दुवै कमाउन सक्नुहुनेछ । आजको दिन आकश्मिक धन तथा  बाहन लाभ हुनेछ । ॐ घोररुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । निलो रङको प्रयोग गर्नुहोला । ३ र ६ अंक प्रयोगले आजको दिन शुभ रहनेछ ।

 

कुम्भ : राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले अलि बढि समय खर्चनु होला । प्राबृधिक क्षेत्रमा तपाईको क्षमता भरपुर प्रयोग गर्नुहोलाल समयले साथ दिनेछ । ॐ नवदुर्गाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । प्याजी रङ प्रयोग गर्नुहोला । २ र ३ अंकको प्रयोगले दिन रहनेछ । 

 

मिन :  विदेशभावमा गोचर गर्ने चन्द्रमाले लामो दुरिको यात्रा सँग सम्बन्धि काम आजको दिन गर्दा छिटो सकिनेछ । विदेशयात्रा हुनेछ भने विदेशी लगानिबाट  सञ्चालित सस्थामा नियूक्तिको लागि प्रयास गर्नुहोला आजको दिन शुभ रहेकोछ । खानपान तथा स्वास्थ्यको भने ख्याल गर्नुहोला । पहेलो रङ प्रयोग गर्नुहोला । ॐ एककन्याय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । ४ र ७ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप