सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्युसन पढ्न हिँडेका युनिस तीन दिनदेखि बेपत्ता

सोमबार, ०८ असोज २०७५, २० : ०६
सोमबार, ०८ असोज २०७५

बुटवल– मामा घरमा बसेर पढ्ने रुपन्देही तिलोत्तमा नगरपालिकाका एक बालक शनिवार बिहान ट्युशन पढ्न हिडेदेखि बेपत्ता भएका छन् । तिलोत्तम–१ मा रहेको दुर्गादत्त शंकरनगर मावि कक्षा १० मा अध्यानरत १५ वर्षीय बालक युनिस गिरी बेपत्ता भएका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्लका अनुसार बेपत्ता बालकलाई खोजीका लागि परिवारजनले वडा कार्यालय रामनगरमा उजुरी दिएका छन् । खोजी कार्य तिब्र पारिए पनि फेला पर्न सकेका छैनन् । गिरी सोही वडाको चपरहट्टीमा सानै उमेरदेखि मामाको घरमा बसेर पढ्दै आएका थिए । शनिवार बिहान ७ बजेतिर युनिस निलो जिन्स पाईन्ट, सेत धर्के सर्ट र चप्पल लगाएर ट्युशन पढ्न हिडेका थिए ।

साथीसँग यसो भनेका थिए युनिसले ?
विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद शर्मासँग सम्पर्क राख्दा उनलाई गणित पढाउने टिचरले ट्युशन पढ्न बोलाएका थिए । उनी त्यो बिहान आठ बजे ट्युसन सकेर बाहिर निस्किएका थिए । शर्मा भन्छन्– ‘हामीले कक्षा १० मै पढ्ने उनका साथीहरुसँग सोध्यौं ।’

उनीहरुका अनुसार युनिस साथीको साईकलमा चढेर बुटवलतर्फ लागेका थिए । उनले बुटवलतिर अनाथ आश्रम छकि छैन भनेर सोधेका थिए । त्यसपछि उनको अवस्था अज्ञात छ ।’  शर्मा  थप्छन्– ‘युनिसकी आमाले उनलाई सानैमा छाडेर दोश्रो विवाह गरी अन्यत्रै गएकी थिइन् । त्यसयता उनी मावालीकै शरणमा थिए ।’

युनिसकी ठुलीआमा लक्ष्मी क्षेत्रीसँग सम्पर्क राख्या त्यसदिन बिहान बालक दुध पिएर हिँडेका थिए । मामा घरमा हजुरबुवा–हजुरआमा, मामा र ठुलीआमा बस्दै आइरहेका थिए  । उनकी आमाको विवाह डेढ दशकअघि बुटवलकै कालिका नगरमा भएको थियो । श्रीमानको मृत्यु भएपछि माईतीजनले पोखरामा दोश्रो विवाह गराई दिएका थिए । 

बालकको घरका हजुरबुवा र उनका बाबुसहित दुबै भाई छोराहरुको मृत्यु भएपछि उनकी हजुरआमा पनि छोरीको घरमा बस्दै आईरहेकी छिन् । ‘सबैले माया गरेकै थियो र कहिल्लै नराम्रो बचन पनि बोल्दैनथ्यौं, खै किन अनाथ आश्रम खोजेको होला उसले साथीहरुलाई त्यसो भनेको भन्ने मैले पनि त्यही सुन्छु ।’ शर्माले दुःखेसो पोखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप