आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसवर्षको एसईई परीक्षाको नतिजा रातोपाटीबाटै

बुधबार, ३१ जेठ २०७४, १७ : ३१
बुधबार, ३१ जेठ २०७४

काठमाडौं– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा रातोपाटीबाटै हेर्न सकिने भएको छ ।  नतिजा सार्वजनिक हुने वित्तिकै  see.ratopati.com मा गएर नतिजा हेर्न सकिने छ । 


पाठक तथा विद्यार्थीहरुको सुविधाको लागि रातोपाटीमै एसईईको नतिजा हेर्ने व्यवस्था मिलाइएको  रातोपाटीका प्रधान सम्पादक ओम शर्माले बताए । 
नतिजा सार्वजनिक भएसँगै  विद्यार्थीहरुले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर नतिजा हेर्न सक्ने पनि शर्माले बताए । रातोपाटीको स्तरीय सर्भर भएका कारण एकैपटक हजारौं पाठकले सहजै नतिजा हेर्न सक्छन् । 


नतिजा सार्वजनिक गर्नको लागि रातोपाटीले परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृति लिइसकेको छ ।   परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार केहि दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । 

गत चैत  तीनगतेदेखि १४ गतेसम्म चलेको  परीक्षाको नतिजा लेटर गेटिङ प्रणालीमा सार्वजनिक गरिनेछ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भइ नसकेकाले परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिएको हो । 


 देशभरका १९ सय २३ वटा परिक्षा केन्द्र बाट यसवर्षको परीक्षामा   ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी सामेल भएका थिए । 

सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप