सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासी एसिड काण्डः त्रिकोणात्क प्रेम सम्बन्धको परिणाम

मङ्गलबार, ०९ असोज २०७५, १९ : ५४
मङ्गलबार, ०९ असोज २०७५

बुटवल– एउटा गीत आएको छ बजारमा ‘मैले बिहे गर्ने केटा तिम्रै मिल्ने साथी हो...’  माया प्रेम भन्ने कुरा यस्तै छ, मानिस चाहन्छ एउटा, आखिर आफ्नो हुन्छ अर्को । सोमबार साँझ पूर्वी नवलपरासीमा महिलामाथि एसिड र छुरा प्रहार घटनाका पछाडि त्रिकोणत्म्क प्रेम सम्बन्धको परिणति देखापरेको छ ।

कावासोती नगरपालिका वडा नम्वर–१६ हरवासी टोलकी २७ वर्षीया बसन्ती परियारले त्यस दिन दिउँसो करिब ४ बजे सम्म एक महिनाअघि बिदेशबाट आएका श्रीमान  प्रकाश भन्ने यमनारायण परियारसँग हाँसी मजाक  गर्दै बसेकी थिईन्  । सदाझैं गैडाचोक बजारमा सोमबारे बजार लागेको थियो । 

उनले श्रीमानलाई  तपाई एकछिन घर हेरेर बस्नुस म तरकारी लिएर आउँछु भनिन् । उनका श्रीमान प्रकाशले हुन्छ भने , उनि बजार गईन् । प्रकाश श्रीमतीले बजारबाट कति बेला तरकारी लिएर आउँछिन भन्दै उतै आँखा लगाएर बसेका थिए  ।

त्यस्तै पाँच बजे हिडेकी उनी साँझ करिव ६ बजेको समयमा मामाकी छोरीसँगै आउँदै थिईन् । बजारबाट करिव ३० मिटर अगाडी आईपुग्दा झाडीमा लुकेर बसेका  छिमेकी ३६ वर्षीय खले बिक भन्ने  बिमल श्रीपालीले एक्कासी कपालमा समातेर उनको मुहार र शरीरमा एसिड छर्किन थाले । लगत्तै छुरी  प्रहार गर्न सुरु गरे  । उनी चिच्याएर गुहार माग्न थालिन् ।  साथमा रहेकी बहिनीले छुट्टाउन खोजिन्  । उनलाई पनि घाईते हुने गरी बिमलले छुरा प्रहार गरे । 
 
 त्यसअघि के भएको थियो ? 

बिमल श्रीपाली श्रीमतीले सम्बन्ध विच्छेद गरेर छोरी लिएर माईतीमा बस्दै आएपछि उनी विचलित र उत्श्रृखिल हुँदै आईरहेका थिए । पूर्वी  नवलपरासी जिल्ला प्रहरी कार्यालयकाअनुसार श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि विमलले बिदेश भएका आफ्नौ साथी प्रकाशकी श्रीमति ताक्दै आईरहेका थिए । केहि दिनअघि सम्म विवाहको प्रस्ताव पनि राख्दै आएकोमा बसन्तीले स्वीकार गरेकी थिईनन् । एक महिनाअघि मलेसियाबाट श्रीमान आएपछि उनीहरुको मिलाप देखेर उनी आरिसले आक्रोसित हुँदै आएका थिए ।

 साउदी अरवमा छँदैदेखि बसन्तीसँग फोन र फेशबुकमा लभचक्कर चलाएका बिमलले उनीसँग विवाह गर्ने सुरु कसेर घर फर्किएका थिए । प्रहरी अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीकाअनुसार त्यति बेला सम्म  बसन्तीले पनि बिबाह गर्ने मन–पेट बिमललाई दिएको देखिन्छ । तर उनले पछि भने बिबाह गर्न अस्वीकार गरे पछि एसिड र छुरा प्रहार सम्मको हर्कतमा बिमल पुगेको स्पष्ट भएको छ । केहिदिन अघि आमालाई पनि कुटेर लखटेका थिए 

श्रीमतीको उपचारका लागि यति बेला भरतपुर अस्पतालमा रहेका बिमलाका श्रीमान प्रकाशसँग सम्पर्क राख्दा उनले भने– ‘उ मेरै साथी हो । मेरो दाजुसँग जोडिएको घर छ उसको । अस्ती तिजमा समेत हामीसँगै हाँसो मजाक गर्दै खान–पिन गरेर चाड मनाएका थियौ ।  खै , उसको दिमाग के भाछ कुन्नी आजकल, अस्ती उसकी आमालाई समेत बेस्सरी कुटेर घरबाट  भगाएको थियो । बिचरी आमा छोरीका घरमा गएर बस्नु परेको थियो । मेरी श्रीमतीप्रति मैले गलत सोच्नै सक्दिँन ।  डेढ बर्ष भयो मलेसिया गएको । एक पैसा तल माथि नपारी जहाँ खर्च गर्नु भन्छु त्यसैमा खर्च गरेकी थिईन् । आमाले दिएको तरकारी खान र श्रीमानलाई खुवाउन पाईनन् । म आएको एक महिनासम्म एक दिन घर छाडेकी छैनन् । कसैका घरमा जाने , कसैसंग बोलेको पनि मलाई थाह छैन । १४ बर्ष अघि छिमेकबाटै विवाह भएको हो । १३ बर्षको छोरा ८ बर्षकी छोरी छन्  । हामीबीच कहिल्यै  नराम्रो बचन भएन ।’   

उनले थप पीडा सुनाए, ‘घरबार राम्रै चलेको थियो । हिजो साँझ तपाई यहि घरको काम गर्नुस् म बजारमा आमासँग केहि तरकारी लिएर आउँछु भनेर गईन्। फर्किदै गर्दा बाटोमा लुकेर बसेको खले बिकले (उनको गाउँघरे नाम) त्यसरी झम्टेछ । बजारबाट माईजु (सासु) ले तरकारी पठाउएको रहेछ, एउटा हातमा तरकारी बोकेकी उनी छलेर भाग्न सकिनन् । चिच्याएर गुहार माग्दा सँगै गएकी सालीले छुट्टयाउन खोज्दा उनलाई पनि हाने छ ।’ उनको होस अझै खुलेको छैन् ।  

प्रकाश गलाअवरुद्ध पार्दै पिडा सुनाउँछन्– ‘उनकोे एउटा आँखा सधैका लागि ड्यामेज हुने भयो । पूरै मुहारमा एसिडले पोलेको छ ।  छुराले हान्दा करङ्ग भाँचेर पनि फोक्सोमा समेत चोट परेको छ । आन्द्रा छिनेर डाक्टरहरुले गाँस्दै छन् । उनको होस अझै खुलेको छैन ।’ 

बिमल- बसन्ती बालसखादेखि प्रेमी प्रेमिकासम्म 

डण्डा बजारको चोकबाट उक्तर नजिकै हरमासीमा जन्मिएका हुन बिमल र बसन्ती  । उमेर आठ नौ बर्षको फरक भए पनि छिमेकमा उनीहरु बालसखा हुन् ।  हुर्केलगत्तै एकहोरो प्रेममा बिमल चुर्लुम्म डुब्दै आएको बताईन्छ ।  बिदेश छउञ्जेल विवाह गर्ने बचन दिएको बताउने बसन्तीले पछि आएर धोका दिँदै आफ्नै श्रीमानसँग चखेवा चखेवीको चालजस्तै गरेर बस्न थाले पछि विमललाई असहैय हुँदै आएको थियो  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप