मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, ११ असोज २०७५, ०६ : ०६
बिहीबार, ११ असोज २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असोज ११ गते । बिहिबार । ईश्वी सन् २०१८ सेप्टेम्बर २७ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । शरद ऋतु । श्रीशाके १९४० । आष्विन कृष्ण पक्ष । तिथि द्वितीया,०६ घडी ३२ पला,बिहान ०८ बजेर ३२ मिनेट उप्रान्त तृतीया  । नक्षत्र अष्विनी,५२ घडी ४३ पला,रातको ०३ बजेर ०० मिनेट उप्रान्त भरुणी । योग व्याघात ५२ घडि ४७ पला । करण गर,बिहान ०८ बजेर ३२ मिनेट उप्रान्त वणिज,बेलुका ०८ बजेर २५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मानस योग । चन्द्रराशि मेष । तृतीया श्राद्ध। पर्यटन दिवस।

 

काठमाडौंमा सूर्योदय ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २९ घडी ५६ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ । कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगिले फसाउँन सक्छन् ध्यान दिनुहोला । तपाईको राम्रा बिचारलाई अरुले गलत तरिकाले ब्याख्या गरि साख गिराउँन खोज्नेछन् । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुँनाले आफन्त तथा गुरुवर्गहरु दुखि हुँनेछन् । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त गर्न कठिन रहेकोछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पति हात लागी हुने योग रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जीवन साथिको सहयोगले नाँफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता बिलाशि सामान प्राप्त हुने योग रहेकोछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायिक निर्णयहरु तपाईको पक्षमा हुनेछैनन् भने वादबिवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढिनै समय लगानि गर्नु पर्ने हुनसक्छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा मन जाने हुँनाले प्रतिष्पर्धिहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुँने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा बिशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासिह हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

 

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाईनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाईने हुँदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपाईको पक्षमा निर्णय नआउँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा गरिएको लगानिबाट सन्तोषजनक नतिजा नआउँला । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरि मनग्गे आम्दानि बढाउँन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानि हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । आट पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप