आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीमा बस र ट्रक ठोक्कियो : २ को मृत्यु, ३१ घाइते

शनिबार, १३ असोज २०७५, ०९ : ४४
शनिबार, १३ असोज २०७५

बुटवल । आज विहान ३ बजेको समयमा नवलपरासीको कावासोती–१६ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् । 

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बको बस र विपरित दिशाबाट आइरहेको  ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी कोहलपुर–४  का २३ वर्षीय सुरज बि.क. र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारुको ज्यान गएको पुर्व नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रमेश थापाले दुईको मृत्यु भएको पुष्टि गरे ।

३१ घाइतेमध्ये १६ जना नवलपसारी कै कालिगण्डकी अस्पतालमा भर्ना गरिएको, चार जनाको मध्ये विन्दु अस्पतालमा र गम्भीर घाइते ११ जनालाई भरतपुर अस्पतालमा पठाइएको  उनले बताए । 

उनका अनुसार ११ जना मध्ये ४ जनाको अवस्था निकै चिन्ताजनक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप