आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बादल जन्मिएको गाउँ पुग्दा...

शनिबार, १३ असोज २०७५, १४ : ३१
शनिबार, १३ असोज २०७५

गुल्मी –गृहमन्त्री रामबहादुर थापा बादल शनिबार गुल्मीस्थित आफ्नो मुल घर दजाकोट पुगेका छन् ।

हेलिकप्टरमार्फत दजाकोट पुगेर उनले काकी सुमित्रा सोनारीसहित अन्य आफन्तजनसँग भेटघाट गरेका हुन् । 

   सो पछि उनको सम्मानमा आयोजित  कार्यक्रम स्थल पशुपति निम्न माध्यामिक विद्यालय पुगेका थिए । जहाँ उनलाई मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहितका जनप्रतिनीधि र अन्य समाज सेवीहरुले स्वागत गरेका थिए । 

  मुसिकोटमा जन्मिएर राज्यको सबै भन्दा उच्च ओहदामा पुगेको भन्दै उनलाई नगरपालिकाले नागरिक अभिनन्दन गरेको हो।  

 अभिनन्दन पछि सम्बोधन गर्ने क्रममा उनले विगत सम्झिदै भने–‘ म यहीँ जन्मेको हुँ । सँगै खेलेका साथी संङ्गीहरुको नाम त अहिले भुलेँ तर  मेरो सम्झनामा उनीहरु छन् । एक चोटी तीन जना लडेर रक्ताताम्मे  भएको पनि मैले बिर्सेको छैन ।  अरु नेपालीहरुको जस्तै हाम्रो पनि मुग्लान पस्ने विवसताहरु थिए ।   त्यही विवशताले हामी २०१९ सालमा मुग्लान पस्यौं ।  पछि हामी चितवनमा आएर  बस्यौं । यस बीचमा मैले यहाँ आएर आफन्त भेट्न पाइनँ ।’

उनले आफ्नो जन्भूमिको विकासमा सघाउ पुर्याउने आश्वासन पनि दिए । 


 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप