मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, १५ असोज २०७५, ०६ : १५
सोमबार, १५ असोज २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असोज १५ गते । सोमबार । ईश्वी सन् २०१८ अक्टोबर ०१ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन कृष्ण पक्ष । तिथि सप्तमी,५१ घडी ३३ पला,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र मृगशिरा,४६ घडी १८ पला,रातको १२ बजेर २८ मिनेट उप्रान्त आद्रा । योग व्यातीपात ३१ घडि ०६ पला,बेलुकी ०२ बजेर २३ मिनेट उप्रान्त वरियान । करण भद्रा,दिउँसो ०३ बजेर ३४ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त बालव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि बृष,मध्यान्ह ०१ बजेर ०५ मिनेट उप्रान्त मिथुन । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।  सप्तमी श्राद्ध ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान २९ घडी ४० पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुपर्ने समय रहेकोछ भने दाजुभाई सँग बिवाद बढ्ने योग रहेकोछ  ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउँन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि अपेक्षित नतिजा ल्याउँन मुस्किल रहेकोछ । मध्यान्हबाट समयमा केहि सुधार आउँने हुनाले व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पतिको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुँनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । हुँनाले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । साझपख लामो दुरिको विदेश यात्रा गर्न सकिनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको उपश्थिति फितलो रहने हुनाले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने पर्नेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्ययम रहेकोले लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवस्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।  मध्यान्हबाट व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुँनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिदा तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेहुँदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिका प्रबेसको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुँने तथा रमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।  मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा मामा सँग बिवाद बढ्ने योग रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छन् । प्रतिष्पर्धामा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहान सम्मको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ भने जनताको काम गर्न सक्दा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउँनेछ । शिक्षा क्षेत्र सँग सम्मन्धित व्यावसाय फस्टाएर जानेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्नेछ । आमा तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप