आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवल बसपार्कमा दशैं चहलपहल (फोटोफिचर )

शुक्रबार, २६ असोज २०७५, १३ : ०५
शुक्रबार, २६ असोज २०७५

 बुटवल–दशैं लागेसँगै ५ नम्बर प्रदेशको बुटवल बसपार्कमा यात्रुहरुको भिडभाड बढेको छ । 

प्रदेश सरकारले दशैका यात्रुहरुले कुनैपनि समस्या भोग्नु नपरोस् भनेर बसपार्कभित्रै ट्राफिक प्रहरीसहितको नागरिक सहायता कक्षको व्यवस्था मिलाएको छ । 

शुक्रवार विहान बुटवल बसपार्कमा पुग्दा झोलाझाम्टासहित बुटवलबाट बाहिरिनेहरुको घुइँचो देखिन्थ्यो । 

नागरिक सहायता कक्षमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक डोरबहादुर थापाका अनुसार दैनिक हजारौको संख्यामा बुटवलबाट मानिसहरु दशै मान्न बाहिरिने गरेका छन् ।

त्यस्तै कामको शिलशिलामा भारत गएका तथा नेपालकै अन्य शहर गएकाहरु पनि बुटबल हुदै घर फर्कनेहरु त्यतिकै भेटिएका छन् । 

डेढ दशकपछि परिवारसहित दशै मान्न घर आएका गुल्मी ईस्माका बिष्णु परियारलाई बुटवलमा एक दशकअघिको बिकास र अहिलेको बिकास फरक भएको अनुभव भयो ‘राम्रो बिकास भएछ, बाटो पनि चौडा भएछ । म त दंग परेको छु’ परियारले सोेधे–‘हाम्रो ईस्मासम्मै गाडि जान्छ ?’

उनी सहित भारतको दिल्लीबाट आएका अन्य यात्रुहरु पनि गुल्मी, अर्घाखाँची र बाग्लुङ्ग जान टिकट लिनेहरु त्यतिकै भेटिए । बैदेशिक रोजगारबाट आउनेहरु पनि सुटकेस गुडाउँदै काउण्टरतर्फ लाइन लागेका भेटिए । यात्रुहरुले प्रहरीको निगरानी बढेकाले विगतमा जस्तो पाकेटमाराहरुको डर त्रास नभएको प्रतिकृया दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप