सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपराध न्यूनीकरण गर्न प्रदेश–२ ले सार्वजनिक गर्यो ‘हेल्लो सीएम’ एप

आइतबार, ११ कात्तिक २०७५, १३ : ५०
आइतबार, ११ कात्तिक २०७५

जनकपुर– प्रदेश नं. २ मा बलात्कार र महिलामाथि विभिन्न किसिमका आपराधिक घटनामा वृद्धि भइरहँदा प्रदेश सरकारले अपराध न्यूनीकरणका लागि ल्याइएको ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेको छ ।

आइतबार जनकपुरमा प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटनल गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सीएम’ एपको पनि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो ‘सिएम एप’ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गरिने बताए ।

हेल्लो सिएम एपमा आफुसँग भएका घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरि सकेपछि सिएम एपलाई अन गरेर आफनो मोबाइल तीनपटक हलाएपछि मात्रै नजिकको प्रहरी  कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत देखाउने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप