सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न आयोग गठन

आइतबार, ११ कात्तिक २०७५, १४ : ५९
आइतबार, ११ कात्तिक २०७५

जनकपुर–प्रदेश नम्बर २ को नाम के राख्ने भन्ने विषयमा टुंगो लगाउन प्रदेश सरकारले एक आयोग गठन गरेको छ ।

आइतबार बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन डा. हरिवंश झाको संयोकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग  गठन गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । समितिको सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् ।

उनका अनुसार आयोगलाई ४५ दिन भित्र प्रदेशको नामाकंन र स्थायी राजधानीको टुंगो लगाउने जिम्मा दिइएको छ । समितिले दिने प्रतिवेदन दिएपछि प्रदेश सरकारले  आवश्यक निर्णय लिने पनि मन्त्री यादवले जनाए ।
उनले भने–आयोगले ४५ दिन भित्रमा विभिन्न जिल्लामा सर्वेक्षणबाट प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप