आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको स्वास्थ्य पूर्ण सुधार, डिस्चार्जबारे निर्णय लिइँदै

शुक्रबार, १६ कात्तिक २०७५, १० : ५६
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आएको छ । 

त्रिवि शिक्षण अस्पतालस्थिति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको पछिल्ला स्वास्थ्य रिपोर्टहरु सामान्य रहेका छन् । 

अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पनि १२ गते अघिको अवस्थामा पुगेको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सम्भवत आजै डिस्चार्ज गरेर बालुवाटार पठाइनेछ ।

त्यसका लागि चिकित्सकहरुको केहीबेरमा बस्ने मिटिङले निर्णय गर्नेछ । 

यसैबीच प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज केहीबेरअघि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

त्यसअघि पर्यटन मन्त्री र रवीन्द्र अधिकारी र प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । 

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण तथा सुगर बढेपछि गत कार्तिक १२ गते बिहान त्रिबि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लागि भर्ना गरिएको थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप