आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार सन्तानसहित लुकेर बसेकी श्रीमतीको यसरी गरे राजकुमारले हत्या

आइतबार, १८ कात्तिक २०७५, १८ : ५४
आइतबार, १८ कात्तिक २०७५

बुटवल– तीन दिनअघि गुल्मीमा श्रीमतीलाई चरम यातना दिएर हत्या गर्ने श्रीमानलाई  प्रहरीले पक्राउ गरेको छ ।  कातिक १५ गते राती मदाने गाउँपालिका वडा नम्वर ६ पनाहकी ३६ वर्षीया श्रीमती सिता नेपालीलाई हत्या गरेको अभियोगमा शनिबार पक्राउ परेका  ३३ वर्षीय राजकुमार  नेपालीलाई प्रहरीले आईतवार सार्वाजानिक गरेको हो । 

शनिवार बिहान साढे १० बजेको समयमा  पुर्कोटदह इलाका प्रहरी कार्यालयको टोलीले धाराचौर गहँचौर भन्ने स्थानमा रहेको गोठमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए । 

घटना हुनुअघि सिता तीजमा माईत गएर बुटवल हुँदै घर आएकी थिइन्  ।  घर आएकै दिन साँझ श्रीमानको कुटाईबाट बच्न चार सन्तान लिएर उनी स्थानीय राजकुमार थापाको खाली घरभित्र लुकेर बसेकी थिइन् । 
 ‘म काममा गएको थिएँ, साँझ रक्सी पिई घर आएको थिए । घर आउँदा  छिमेकीले तिम्री श्रीमती आएकी छन् भनेर थाहा दिएपछि मैले खोज्दै जाँदा त्यस घरमा ढोकामा आग्लो लगाई लुकेर बसेको थाह पाएँ  । त्यसपछि सोही घरको ढुङ्गाको छानो हुँदै माथिल्लो तलाको खुल्ला रहेको ढोकाबाट भित्र छिरेर खाली खाटमा चार सन्तानसहित सुतेकी श्रीमतीलाई उठाई घर जाउँ भन्दा नमानेकोले आग्लोले श्रीमतीको टाउको, हात र खुट्टामा हानेपछि उनको मृत्यु भयो, राजकुमारको स्वीकारोक्तिलाई उदृत गर्दै प्रहरी प्रमुख बस्नेतले बताए । ‘राजकुमारले श्रीमतीका विभिन्न भागमा हान्दा उनी कोठाको भुईमा लडेपछि सिता र सानो बच्चालाई छाडेर ३ वटा बच्चासहित राजकुमार घरमा गएर सुतेका थिए’ प्रहरी प्रमुख बस्नेतले स्पष्ट पारे ।

राजकुमार श्रीमतिको मृत्यु भएको हल्ला भएपछि भागेर नजिकै रहेको माईलाबा  नाता पर्ने विनबहादुर नेपालीको खरवारीमा लुकेर बसेका थिए ।   त्यसलगत्तै उनी १७ गते रातीदेखि धाराचौर गहुँछरे भन्ने जंगलमा रहेको खाली गोठमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले श्रीमतीलाई निबस्त्र्र बनाएर निकै क्रुरुरतापूर्वक हत्या गरेको प्रहरी प्रमुख बस्नेतले  बताए । 

 बाबु आमाविहिन चार सन्तानको बिचल्ली 
आमाको हत्या भएपछि बाबु हिरासतमा परे । त्यसपछि उनका डेढ बर्ष देखि १० बर्ष सम्मका चार बालकबालिकाहरुको यतिबेला बिचल्ली भएको छ । संरक्षण गर्ने उनीहरुका केही नभएपछि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।  

मृतक आमासँग डेढ वर्षीय छोरा संगै रातभरी सुतेका थिए ।  उनी प्रहरी कार्यालयमा रहँदा दाजु विकासको ढाडमा दुध चुसेझै चुसिरहेका थिए । दृष्य हिर्दयविदारक देखिन्थ्यो ।

हत्या आरोप लागेका राजकुमारलाई बेलेमै पक्राउ गरेको भन्दै प्रहरी प्रमुख प्रमुख जिल्ला अधिकारीले त्यो घटनममा खट्ने प्रहरी टोलीको समेत प्रशंसा गरे  ।  १५ दिन नपुग्दै श्रीमानद्धारा दुई श्रमितको हत्या 
मदिरा सेवनकै कारण गुल्मीमा १५ दिनको बीचमा दुई अलग–अलग श्रीमानबाट दुई  श्रीमतीको हत्याका भएको छ ।  कार्तिक ३ गते दशैंका दिन मुसिकोट नगरपालिका वडा नम्वर ४ साबिक बडागाउँमा पनि मदिरा सेवन गरी ३५ वर्षीय श्रीमान पंंकज कुमालले ३४ वर्षीया श्रीमती लाली कुमालको निर्घात कुुटेर हत्या गरेका थिए । 

 बाबुद्धारा छोरी बलात्कृत 
यसैबीच  गुल्मी प्रहरीले केहि दिनअघि ईस्मा गाउँपालिकामा आफ्नै छोरी बलात्कार गर्ने एकजना बाबुलाई पनि पक्राउ गरी कार्वाही चलाएको जनाएको छ । त्यस्तै अर्को एक व्यक्तिले पनि शारीरिक र मानसिक रुपमा अशक्त अर्की महिलालाई बलात्कार गरेको र निजलाई पनि पक्राउ गरे कार्वाही प्रकृया अघि बढाएको बताएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप