सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीकै अस्पतालमा झडप : नवजात शिशुको मृत्युपछि तनाव

बुधबार, २१ कात्तिक २०७५, १४ : २१
बुधबार, २१ कात्तिक २०७५

जनकपुर–संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको लगानी रहेको जानकी हेल्थ केयर सेन्टरमा नवजात शिशुको मृत्युु भएपछि अस्पतालमा तनाव भएको छ । नवजात शिशुको मृत्युका कारण आक्रोशित पीडित पक्षले शिशु मृत्युुबारे अस्पताल प्रशासनसमक्ष आक्रोश पोख्दा एकजनाको अस्पतालका कर्मचारीले आँखा नै फुटाइदिएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ बस्ने सृजना देवीलाई उपचारका लागि जानकी हेल्थ केयर ल्याइएको थियो । तर, डाक्टर नभएका बेला नर्सहरुलेनै डेलेभरी गराउन खोज्दा बच्चाको मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित पीडित पक्षलाई अस्पतालका एक्सरे टेक्निसियन आर्दश यादवले हातपात गरेर अस्पतालबाट बाहिर निकाल्न खोजेपछि दुवै पक्षबीच विवाद भएको थियो । विवादपछि अस्पतालका सुरक्षागार्डहरुले कुटपिट समेत गरेको पीडितका आफन्त अनुरागकुमार महतोले बताए । 

झडपमा ४० वर्षीय किशोरी महतोको आँखा फुटेको छ । उनको उपचारको लागि काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा पठाइएको छ । झडपपछि प्रहरीले पीडितका भाइ मोहन महतो र अस्पतालका एक्सरे टेक्निसियन आदर्श यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप