सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपडेटः दुर्घटनापछि जीप चालक फरार, ट्याक्सीमा सवार तीनको मृत्यु

शनिबार, २४ कात्तिक २०७५, १२ : ०५
शनिबार, २४ कात्तिक २०७५

बारा–बाराको निजगढस्थित बजार प्रवेश गर्ने सडकमा दुई गाडी एकापसमा ठोकिदाँ ३ जनाको मृत्यू हुनुका साथै २ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित भमरा पुलतर्फ शुक्रबार मध्यराती ट्याक्सी र जीप एकापसमा जुध्दा ३ जनाको मृत्यु र २ जना घाइते भएको प्रहरी उपरिक्षक सानोराम भट्टराईले जानकारी दिए ।

२ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यू भएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । 

नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो जिप र रौतहटको गुजारा नगरपालिकाबाट निजगढतर्फ आउदै गरेको बा२ज २११७ नम्बरको ट्याक्सी निजगढ स्थित भमरा पुल नजिक राति अन्दाजी साढे १२ बजेको समयमा गाडी एक आपसमा जुध्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ट्याक्सीमा सवार निजगढ नगपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय आकाश माझी र सोही ठाउँ बस्ने २५ वर्षीय विशाल माझीको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरिक्षक भट्टराईले बताए ।

ट्याक्सी चालक भक्तपुर घर भएका समुद्र श्रेष्ठको हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचारको लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको हो । 

दुर्घटनामा निजगढ वडा नम्बर ७ बस्ने नरेश माझी गम्भीर घाइते छन् भने मकवानपुर फापर गाउपालिका बस्ने अजूर्ण माझी सामान्य घाइते छन् । घाइते दुवै जनाको भरतपुर स्थित पुरानो मेडिकलमा उपचार भइरहेको प्रहरी उपरिक्षक भट्टराईले जनाए ।

ट्याक्सीमा सवार रहेका चालक सहित ५ जना मध्ये ३ मृत्यू भएको छ भने २ जना घाइते भएका हुन् ।

यता जीपका चालक फरार छन् । 
चालक फरार रहेपनि गाडीधनीसँत सम्पर्क भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप