सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो जनकपुरमा छठ, ‘भोरका अर्घ्य’ दिई सम्पन्न (फोटोफिचर)

बुधबार, २८ कात्तिक २०७५, ०८ : ३२
बुधबार, २८ कात्तिक २०७५

जनकपर — मिथिलाञ्चल सहित देशव्यापीरुपमा मनाइएको चार दिवसीय छठ पूजा कार्तिक शुक्ल सप्तमीको दिन उदाउदो सूर्यलाई ‘भोरका अर्घ’ दिई सम्पन्न भएको छ ।

अहिंसा र भेदभावरहित समाजका लागि मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने देशकै महत्वपुर्ण पर्वको रुपमा परिचित छठ पूजाको क्रममा हिजो मंगलबार साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिएको प्रसाद आज बुधबार बिहान उदाएको सूर्यलाई ब्रतालुले जलाशयमा स्नान पश्चात उभेर पूजापाठ गरी भोरका अर्घ दिएर सम्पन्न भएको हो ।

सबैभन्दा लोकप्रिय एवं श्रद्धा र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रुपमा रहेको छठ पर्वको लागि जनकपुरका विभिन्न पोखरी, तलाउ, कुवाँ तथा ईनारहरुमा छठका सामग्री सहित ब्रतालु भक्तजनहरुको घुईचो लागेको थियो । 

छठ गर्ने ब्रतालुहरु आज विहानै देखी जनकपुरका गंगासागर, धनुषसागर, अंगरजा सर सागर, दशरथ तलाउ, रत्नसागर, रुकमिनी, लवकी पोखरी सहितका दर्जनौँ पोखरीहरुमा पूजा सामग्री सूर्यलाई अर्पण गरी छठघाटबाट घर तर्फ फर्किदैछन् ।

मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनालाई प्रकृतिको पूजासंगै भाकल गरेका ब्रतालुहरुका लागि सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।

अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप