मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, २९ कात्तिक २०७५, ०६ : १९
बिहीबार, २९ कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक २९ गते । बिहिबार । ईश्वी सन् २०१८ नोभेम्बर १५ तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि अष्टमी,अहोरात्र । नक्षत्र श्रवण,०३ घडी ४३ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त धनिष्ठा । योग वृद्धि,२८ घडि ०४ पला,बेलुकी ०५ बजेर ३९ मिनेट उप्रान्त ध्रुव । करण भद्रा,बेलुकी ०६ बजेर ११ मिनेट उप्रान्त वव । आनन्दादिमा ध्वज योग । चन्द्रराशि मकर,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त कुम्भ । अष्टमी व्रत। मुख अष्टमी, गोप अष्टमी। गोरखकाली पूजा। धनिष्ठा पञ्चक प्रारम्भ। 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५१ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम पाउँने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा  प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृति सँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षा सँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेम तथा पति पत्निबिच केहि बिषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ  । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनालेसजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेअग्र स्थानमा तपाईको नाम आउँनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । राज्यको नजिक रहेर गरिने कामहरु समयमा सम्पन्न हुनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिका प्रबेसको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुँने तथा रमाउँन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपाईको साख गिराउँन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुँन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अदालति तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरि छ । पढाई लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तकको सहयोगले चिताएको कामरु सम्पादन हुनेछ । पढाई लेखाईमा मन जाने हुनालेचाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनालेआर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने बिलाशि बस्तुको प्रयोग मार्फन अरुको मन आफुतिर तान्न सकिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तरल पदार्थ तथा पानि सँग सम्बन्धित व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुँने तथा बुवाको सल्लाह मान्दै अगाढि बढ्दा मनग्ने फाईदा हुनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप