मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, ०४ मङ्सिर २०७५, ०६ : ११
मङ्गलबार, ०४ मङ्सिर २०७५

आजको राशिफल

वि.सं.२०७५ साल मंसिर ०४ गते । मंगलबार । ईश्वी सन् २०१८ नोभेम्बर २० तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि दुवादशी १२ घडी ३५ पला,मध्यान्ह १२ बजेर ४३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र रेवती,२८ घडी ११ पला,बेलुकी ०५ बजेर ४६ मिनेट उप्रान्त अश्विनी । योग सिद्धि,२७ घडि २३ पला,बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त व्यातिपात । करण वालव,मध्यान्ह १२ बजेर ४३ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ५३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा शुभ योग । चन्द्रराशि मिन ।  पञ्चक बेलुकी ०५ बजेर ४५ मिनेट सम्म। प्रदोष व्रत। मन्वादि। चाँगुनारायणमा अखण्ड दीप दर्शन। रुरु-रिडी क्षेत्रमा हृषीकेश रथयात्रा। 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ३७ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अन्तराष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडेपनि मन खुसि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाई लेखाईमा अलि बढि समय दिन सक्दा अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारि धनको सहि परिचालन गर्न नसक्दा आम्दानिका बाटाहरु साघुरा हुँनेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथिसँग अबिश्वास बढेर जानेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । कार्य क्षेत्रमा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँन सक्छ सजक रहनु पर्ने समय रहेकोछ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि प्रशस्त आम्दानि गर्न सकिनेछ । लामो दुरिको शैक्षिक यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारि स्तरमा तपाईको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सबल हुने हुँदा उपलब्धिमुलक कामहरु गरेर दैनिकी जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनजस्तो नतिजा आउँने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दिदिबहिनिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तिको योग रहेकोछ ।

 

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाईने हुँदा मनग्गे धन कमाउँन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुँने हुँदा मन प्रशन्न रहनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ ध्यान दिनुहोला । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपाईको पक्षमा नहुने हुनालेमुद्दा हारिने सम्भावना रहेकोछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा मन जानेछ भने सफल हुने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महशुष हुनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । बाद बिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागि भई बयान दिदा हारिने सम्भाबना रहेको छ । बिद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनिति तथा समाजसेवामा भनेजस्तो नतिजा हात पार्न नसकिने हुनालेआलोचना सहनुपर्ला । घर परिवारलाई छोडेर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबित बिश्वासको बाताबरण बढ्नेछ ।  बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ ।   

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप