सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाल्ट्राको गिजर तथा हिटरहरु बजारमा

मङ्गलबार, ०४ मङ्सिर २०७५, १४ : ४२
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं । जाडोको मौसमसँगै घर–घरमा आफ्नो पहिचान बनाउन सफल बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्याँस तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरुलाई नेपाली बजारमा भित्राएको छ । 

घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको कम्पनीले जनाएको छ । त्यसै गरी बाल्ट्राले यस जाडोयामको समयमा पिटिसि वाल हिटरलाई नेपाली बजारमा ल्याएको छ ।

घरको भित्तामा राख्न सकिने यस पिटिसि वाल हिटरमा डिजिटर डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको छ । एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटरलाई नेपालमै पहिलो पटक बाल्ट्राले नेपाली बजारमा भित्राएको हो । 

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप