यूनाईटेड प्रेशर कुकरको नयाँ प्रेशर कुकर इको नेपालमा
काठमाडौं – भारतको एक नम्बर भनिएको ब्राण्ड यूनाइटेड प्रेशर कुकरले नेपाली बजारमा आफ्नो नया उत्पादन इलाइट इको नामक नयाँ प्रेशर कुकर ल्याएको छ ।
जुन कुकर अत्यन्तै आकर्षकका साथै मुल्य पनि कम रहेको कम्पनीले दाबी गरेको छ ।
‘यो कुकरको गुणस्तर अत्यन्तै राम्रो रहको र उक्त कुकर नं. १ आलमोनीयम हिन्डालकोबाट निर्माण गरिएको छ, साथै यसको ढक्कन पनि रटीन लेस स्टीलबाट निर्मित छ’ नेपालका लागि एकमात्र आधीकारिक विक्रेता रेशुङा इन्टरकन्टिनेन्टल प्रालिका डाइरेक्टर बावुराम पोखरेलले भने, ‘उक्त कुकर हार्ड एनोडाइज भएकोले यसमा खान टासिदैन ।’
कुकरले नेपाली ग्राहक वर्गका मन जित्ने पुर्ण विस्वास कम्पनीको रहेको जनाएको छ । प्रेशर कुकरको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता रेशुङ्गा इन्टरकन्टिनेन्टल प्रा.ली.जनाएको छ ।
हाल ३ लिटर र ५ लिटरमा उक्त कुकर उपलब्ध गराएको छ भने, अन्य दुई सय भन्दा बढी उत्पादनहरु उपलब्ध गराई रहेको जनाएको छ । विगत ६२ वर्षको हामी प्रीतको विश्वासलाई पूर्ण रुपमा आत्मसाथ गर्ने वताउँछन । व्राण्डका निर्माता एकता इन्जिनियरीङ उद्योग ।