मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हेर्नुहोस् तपाईंको आजको राशिफल

शुक्रबार, ०७ मङ्सिर २०७५, ०९ : १७
शुक्रबार, ०७ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ नोभेम्बर २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि पूर्णिमा १३ घडी १२ पला,  बिहान ११ बजेर ४८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र कृतिका,  २९ घडी ३० पला,  बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त रोहिणी । योग परिध,  १६ घडी ०८ पला,  दिउँसो १२ बजेर ५९ मिनेट उप्रान्त शिव । करण बव,  बिहान ११ बजेर ४८ मिनेट उप्रान्त बालव,  बेलुकी ११ बजेर १५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा छत्र योग । चन्द्रराशि वृष । कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति । मन्वादि । सकिमना पुन्ही । त्रिपुरोत्सव । थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान । बराहक्षेत्रमा धार्मिक मेला समाप्ति । डोटीको सिलगढीमा शैलेश्वरी जाँत । निम्बार्काचार्य जयन्ती । गुरुनानक जयन्ती । 

काठमाडौंमा सूर्याेदय ०६ बजेर ३२ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा । दिनमान २६ घडी २९ पला । 
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : दमदार बोलीको प्रभावले नसोचेको काम हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । प्रेममा आत्मीयता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेको छ । साथीभाइ तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेको छ । 

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : मान, सम्मान, इज्जत तथा प्रतिष्ठामा आँच आउन सक्छ । काम गर्दा सावधानी अपनाउनु होला । व्यापार व्यावसायमा नाफा कमाउन निकै सङ्घर्ष गर्नुपर्ला । आफन्तहरू तपाईंसँग टाडिनेछन् । पतिपत्नीबीच मनमुटाव बढ्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरू समयमा सम्पन्न नहँुदा मानसिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने विद्यामा प्रगति गर्न निकै मिहिनेत गर्नुपर्नेछ । 

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला । अरूले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरूभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला । काममा बाधा तथा दुःख दिनेहरू सक्रिय हुनेछन् । माया प्रेममा अविश्वास बढ्ने योग रहेकाले ख्याल गर्नुहोेला । 

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : आम्दानीका बाटाहरू एक्कासि बन्द हुँदा दैनिक रूपमा चलिरहेका कामहरू प्रभावित हुनेछन् । विवादित विषयहरूको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नुपर्नेछ । अग्रज तथा दाजुहरूसँग विनाकारण विवाद हुने योग रहेको छ । चाहेका वस्तुहरू समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ । 

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : राज्यबाट अनावश्यक झैझमेला भोग्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमा नगर्दिनाले महत्त्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरू साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरूकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेको छ । आफ्नो धन सम्पत्तिमा अरूले नै अधिकार जमान खोज्नेछन्, ध्यान दिनुहोला । 

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : लामो दूरीको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरूमा लाभ मिल्ने समय रहेको छ । माया प्रेमको गाँठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेको छ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्नेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरू बाहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । श्वास प्रश्वास तथा छातीसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला दिन मध्ययम रहेको छ । 

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : व्यावसायिक यात्रा हुने भए पनि गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको फेस गर्नुपर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरूको सामना गर्नुपर्नेछ समय मध्ययम रहेको छ । विलाशी जीवन जिउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथीसँग मनमुटाव बढ्ने हुनाले दैनिक काम गर्न मन जानेछैन । ऋण लाग्ने तथा सङ्कटको सामना गर्नुपर्नेछ । 

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : खानपानमा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउन सक्छ । अध्ययन अध्यापनमा मन नजादा अरूभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला । समय मध्ययम रहेको छ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । नोकरी तथा विद्यामा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरू बलिया हुने सक्छन् ध्यान दिनुहोला । 

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ । सेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । 

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : जीवन शैली व्यास्त भए पनि आर्थिक रूपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनुपर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् । स्थायी सम्पत्तिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ । 

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुस हुनेछ । विद्यामा सफलता पाउन कडा मिहिनेत गर्नुपर्नेछ । दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिए पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।         
युवा ज्योतिषि डीपी भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न. ९८०८३०७२७५

नोट : चिना तथा टिपन बनाउन, चिना हेराउन तथा वास्तुसँग सम्बन्धित जानकारीका लागि अवश्य सम्झनुहोला । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप