सिजीका स्मार्ट गिजरहरु बजारमा
आइतबार, ०९ मङ्सिर २०७५, १५ : ४८
काठमाडौं । जाडो महिनालाई लक्षित गरि सिजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु ल्याएको छ ।
चिसो पानीबाट नुहाउने समस्याको हलका लागी इलेक्ट्रिक गिजरहरुमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको छ ।
यी गिजरहरुमा थर्मोस्टेट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता बिषेशताहरु रहेका छन् । त्यस्तै ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११ वाट हिट इनपुट तथा २८०० प्रति एलपीजी ग्यास प्रेसरमा चल्ने बिषेशताहरु रहेका छन् ।
हेर्दा निकै नै आकर्षक देखिने यी गिजरहरु ग्राहककै बजेट अनुसार नेपालभरि सजिलै पाउन सकिने सिजीले बताएको छ ।