मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, ११ मङ्सिर २०७५, ०५ : ५९
मङ्गलबार, ११ मङ्सिर २०७५

आजको राशिफल

वि.सं.२०७५ साल मंसिर ११ गते । मंगलबार । ईश्वी सन् २०१८ नोभेम्बर २७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि पञ्चमी,५० घडी १२ पला,रातको ०२ बजेर ३९ मिनेट उप्रान्त षष्ठि । नक्षत्र पूनर्वसु,१८ घडी ०१ पला,दिउसो ०१ बजेर ४७ मिनेट उप्रान्त तिष्य । योग शुक्ल,४२ घडि २२ पला,बेलुकी ११ बजेर ३२ मिनेट उप्रान्त ब्रम्ह । करण कौलव,दिउसो ०३ बजेर ४९ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा मातंग योग । चन्द्रराशि मिथुन,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी १९ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय मध्ययम रहेकोले कुनै काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा तपाईको कुरा काट्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा कुटुम्ब सँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्ने योग रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा तित्तता आउनेछ । सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा  सम्मानजनक स्थान पाउन बढिनै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरु सँग बिवाद बढ्ने योग रहेकोछ मने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुने हुदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काविच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । बिहानको समयमा विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयको सहि सदुपयोग गरि विदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । व्यावसायबाट भनेजस्तो आम्दानि नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला । बिहानको समय उत्तम रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ भने चाहेका उपलव्धिहरु हासिल गर्न सकिनेछ ।

 

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानिको तुलनामा खर्च कम हुने हुदा फाईदा हुने क्षेत्र खोजेर लगानि गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनितिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अव्बल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले मन पराएको मानिस सँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप