मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, १२ मङ्सिर २०७५, १० : १४
बुधबार, १२ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर १२ गते । बुधबार । ईश्वी सन् २०१८ नोभेम्बर २८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि षष्ठी, ४४ घडी १४ पला,  रातको १२ बजेर १७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र तिष्य,  १३ घडी ५४ पला,  दिउँसो १२ बजेर ०९ मिनेट उप्रान्त अश्लेषा । योग ब्रह्म,  ३४ घडी २९ पला,  बेलुकी ०८ बजेर २३ मिनेट उप्रान्त ऐन्द्र । करण गर,  दिउँसो ०३ बजेर ३९ मिनेट उप्रान्त वणिज,  रातको १२ बजेर १७ मिनेट उप्रान्त गर भद्रा । आनन्दादिमा मातंग योग । चन्द्रराशि कर्कट । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ३६ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १७ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्इंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाइ हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानि बढाइ भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । व्यापार व्यवसायमा समय दिए पनि भनेजस्तो आम्दानी नहुने हुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरूको सल्लाह तथा सुझाव मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेको छ । राजनीति तथा समाज सेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाँती रहनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : साङ्गीतिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । नोकरीमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरमा पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : पर्यटकीय तथा रमाइलो यात्रा हुनेछ भने भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेम तथा पतिपत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछि पारी आफू अगाडि बढ्ने समय रहेको छ । 

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साइड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्यसम्बन्धी समस्याहरु हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हँुदा सुखसागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईंलाई सम्झनेछन् ।
 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप