मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कस्तो छ तपाईंको भाग्य : हेर्नुहोस् आजको राशिफल

बिहीबार, १३ मङ्सिर २०७५, १० : २१
बिहीबार, १३ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर १३ गते । बिहीबार । ईश्वी सन् २०१८ नोभेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि सप्तमी,  ३८ घडी १९ पला,  बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र अष्लेषा,  ०९ घडी ४१ पला,  बिहान १० बजेर २९ मिनेट उप्रान्त मघा । योग ऐन्द्र,  २६ घडी ३५ पला,  बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त वैधृति । करण भद्रा,  बिहान ११ बजेर ०६ मिनेट उप्रान्त वव,  बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त गर  वालव । आनन्दादिमा अमृत योग । चन्द्रराशि कर्कट,  बिहान १० बजेर २९ मिनेट उप्रान्त सिंह ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ३६ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १५ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : विगतका गल्ती तथा कमकमजोरीहरूलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरुवर्गहरूको इज्जत राख्न सकिने समय रहेको छ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति हातलागि हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउँदै आम्दानीमा वृद्धि गर्न सकिनेछ । बिहानको समय मध्यम रहेकाले आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । 

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : बिहानको समय राम्रो रहेकाले पढाइ लेखाइमा सोचेजस्तो सफलता हात लाग्नेछ । आँटिलो तथा सहासिलो क्रियाकलापमा भाग लिने अवसर प्राप्त हुनेछ । मध्याह्नबाट समय मध्यम रहेकाले आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त समय दिनुपर्ने भए पनि कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ । प्रतिस्पर्धीहरूले काममा अवरोध पुर्याउन सक्छन्, ध्यान दिनुहोला

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : दिनभर परिश्रम गरे पनि न्यून कमाइ हुने हुँदा दैनिक गुजारा गर्न असजिलो महसुस हुनेछ । विद्यार्थीहरूले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेको छ । यात्रा गर्ने अवसर आए पनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरूको सामना गर्नुपर्नेछ । व्यापार व्यवसायमा सोचेजस्तो आम्दानी नहुँदा थप लगानी गर्ने वातावरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : पढाइ लेखाइमा खासै ध्यान नजाँदा विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । बोल्दा ख्याल गर्नुहोला, तपाईंको आजको निर्णय आत्मघाती पनि हुन सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पतिपत्नीबीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरू तपाईंदेखि टाडिनेछन् । माया प्रेममा अविश्वास तथा पतिपत्नीबीच मनमुटाव बढ्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरू समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ । समय र परिस्थितिको राम्रोसँग ध्यान दिनुहोला,  समय मध्यम रहेको छ । बिहानको समयमा यात्रासँग सम्बन्धित काम हुनेछन् ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : बिहानको समय राम्रो रहेकाले सञ्चित धनको उपयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग गरी भनेजस्तो लाभ लिन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भौतिक सम्पत्ति हातलागि हुने योग रहेको छ । मध्याह्नबाट समय मध्यम रहेकाले स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । विशेषगरी हाइड्रोपावर, पानी तथा औषधीसँग सम्बन्धित व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरूप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरू तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : बिहानको समय राम्रो रहेकाले धार्मिक तथा शैक्षिक क्षेत्रमा तपाईंको गतिलो उपस्थिति रहनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । मध्याह्नबाट समय मध्यम रहेकाले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरू सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछिपरिनेछ । माया प्रेममा धोका हुन सक्छ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : धर्म, संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । बिहानको समय मध्यम रहेकाले खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरू साघुरा हुनेछन् । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग ससाना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला, आजको दिन मध्यम रहेको छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दूरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्ति हातलागि हुनेछ भने विलाशी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : मुद्दा मामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरू पछिका लागि सार्नु नै उपयुक्त हुनेछ, किनकि आज आउने फैसला तपाईंको पक्षमा हुने छैन । व्यापार व्यवसायमा समय दिए पनि आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झने तथा ऋण लाग्नेछ, ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।

तपाईंको दिन शुभ रहोस् ।                      

युवा ज्योतिषि डीपी भण्डारी         

ज्योतिष परामर्श सेवा केन्द्र

काठमाडौँ

फोन न. ९८०८३०७२७५

नोट : चिना तथा टिपन बनाउन, चिना हेराउन तथा वास्तुसँग सम्बन्धित जानकारीका लागि अवश्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप