मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशि अनुसार आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, १४ मङ्सिर २०७५, ०६ : २०
शुक्रबार, १४ मङ्सिर २०७५

वि. सं. २०७५ साल मङ्सिर १४ गते शुक्रबार । ईश्वी सन् २०१८ नोभेम्बर ३० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि अष्टमी,  ३२ घडी ३७ पला,  बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त नवमी । नक्षत्र मघा,  ०५ घडी ३५ पला,  बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग वैधृति, १८ घडी ५० पला,  दिउँसो ०२ बजेर ०९ मिनेट उप्रान्त विष्कुम्भ । करण वालव,  बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त कौलव,  बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा काण योग । चन्द्रराशि सिंह । अष्टमी व्रत । गोरखकाली पूजा । साँझमा भैरवोत्पत्ति ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ३७ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १३ पला ।

मेष (चू,  चे,  चो,  ला,  लि,  लू,  ले,  लो,  अ) : अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ । 

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसापत्र अरूकै हातमा जानेछ । घरपरिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला । काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहँुदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाज सेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । 

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । काम बिग्रने तथा मनमुटाव पैदा हुन सक्छ । समय मध्ययम रहेकाले परिबन्धमा परिने तथा झैझगडा हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मीठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा नचाहँदा नचाहँदै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरूलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरू समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ, सजक रहनुहोला । अनावश्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छी गर्नेबानीले कामहरू बिग्रन सक्छ । 

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : लामो दूरीको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरूले मनग्गे धन तथा सम्पत्ति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा उत्पादित सामानको व्यापारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययनतर्फ मन जानेछ भने आफन्त तथा मित्रहरूको सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय मध्ययम रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : रुपैयाँ पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यावसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरू बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरूभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ ।  आफूले सोचेका तथा चाहेका वस्तुहरूको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला । काम बिग्रने हुँदा मानसम्मानमा चोट पुग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्, ध्यान दिनुहोला । तपाईंको राम्रा विचारलाई अरूले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । विद्या तथा प्रतिस्पर्धामा अरू नै हावि हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानी गरेअनुसार प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ । 

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर मन जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ । आफन्तहरूको सहयोगले उपलब्धिमूलक कामहरू बन्नेछन् भने दैनिकीलाई सहज रूपमा परिणत गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ । 

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : हतार गर्ने बानीले अनावस्यक विवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला । काममा बाधा तथा दुःख दिनेहरू सक्रिय हुनेछन् । मान सम्मानमा दाग लाग्न सक्छ ।  काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला । अरूले आलोचना गर्न सक्छन् । 

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : यात्राका क्रममा उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने तथ आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : विभिन्न समस्याको सामना गर्नुपर्नेछ भने वादविवादमा तपाईंको प्रस्तुति कमजोर रहनाले प्रतिस्पर्धीहरू हावि हुनेछन् । अदालती निर्णयहरू तपाईंको पक्षमा नआउने हुनाले मानसिक तनाव बढ्नेछ । व्यापार व्यावसायमा लगानी गरे पनि भनेजस्तो आम्दानी हुनेछैन । ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने आफन्तहरूले नै तपाईंसँग सत्रुतापूर्ण व्यावहार गर्नेछन् । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।
तपाईंको दिन शुभ रहोस् ।         

युवा ज्योतिषि डीपी भण्डारी    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप