सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘पहिलो प्रेम सम्झँदा अहिले रमाइलो लाग्छ’

शुक्रबार, १४ मङ्सिर २०७५, १३ : २७
शुक्रबार, १४ मङ्सिर २०७५

बिनु शाक्यको कलाक्षेत्रमा दुईवटा परिचय छ । उनी मोडल र बेली डान्सरका रूपमा चिनिदै आएकी छन् । करिब ६ वर्षदेखि बेली डान्स गर्दै आएकी उनको म्युजिक भिडियो मोडलिङ यात्रा योभन्दा अगाडिबाट हो ।

तर उनले त्यति धेरै भिडियोमा भने खेलेकी छैनन् । नृत्यलाई नै आफ्नो प्यासन मान्ने उनले करिब एक दर्जन म्युजिक भिडियो अभिनय गरेकी छन् । अङ्ग्रेजी विषयमा मास्टर डिग्रीसम्मको अध्ययन गरेकी उनीसँग केही र्याम्प सो गरेको अनुभव पनि छ । युनिसेफमा कार्यरत रहँदा केही रङ्गमञ्चीय कार्यक्रमसमेत गरेको बताउने उनी चलचित्र अभिनयमा पनि रुचि राख्छिन् । अफर आए फिल्म खेल्ने बताउने उनी हिरो प्रदीप खड्का भनेपछि भुतुक्कै हुन्छिन् । अवसर मिले प्रदीपसँग डेट जाने इच्छा भएको बताउने बिनुलाई रातोपाटीको दश प्रश्न ।
 
के हो बेली डान्स ?
– यो स्पेसल्ली पेटलाई नै फोकस गरेर गरिने एक प्रकारको नृत्य हो । यो नृत्य गर्दा पेटका मुमेन्टहरू धेरै चलाउनुपर्छ । पहिला पहिला यो नृत्यलाई के खालको नृत्य हो यो भनेरसमेत  भन्ने गरिन्थ्यो । अहिले भने यो नृत्य धेरैले बुझ्न थालेका छन् । सबैको प्रथामिकतामा पर्न थालेको छ ।

मोडल, डान्सर तपाईं, आफ्नो सौन्दर्यको कति ख्याल गर्नुहुन्छ ?
– सौन्दर्यतिर त ध्यान दिनुपर्छ नै तर त्यस्तो विशेष ध्यान दिने गरेकी छैन । कपालमा कहिलेकाहीँ तेल मसाज गर्ने, मेहेन्दी हाल्ने गरेकी छु । अनुहारमा क्रिम लगाउँछु । गाजल र लिपस्टिक अनुहारमा कहिलै छुटाउँदिन ।

फिटनेस गर्नु हुन्छ ?
– फिटनेसका लागि डान्स छँदैछ । त्यसको अलवा एक्सरसाइज र रनिङ पनि कहिलेकाहीँ गर्ने गरेकी छु ।

फेसनतिर रुचि त पक्कै होला ?
–सानैदेखि फेसनतिर लगाब छ । समय र मौसम अनुसारको फेसन गर्ने गरेकी छु । बढी मनपर्ने फेसन क्याजुअल नै हो । सारी लेहेङ्गा, कुर्था लगायतका ड्रेसमा म राम्री देखिन्छु ।

भविष्यको योजना केही छ कि ?
–सानैदेखि कोरियोग्राफर बन्ने सोच थियो । विदेशमा गएर भए पनि नृत्यमा मास्टर गरेर राम्रो कोरियोग्राफर बन्ने उद्देश्य छ । 

फुर्सदको समय ?
सङ्गीत सुन्छु । नृत्य गर्ने भएर होला डान्सिङ गीत बढी सुन्ने गरेकी छु । त्यसको अलवा गजल, सुफी, क्लासिकल गीतहरू मनपर्छ ।

प्रेम छ, कि छैन ?
अहिलेसम्म त्यस्तो कोही छैन । यो फिल्डमा आएपछि भने माया गर्ने धेरै पाएकी छु । क्लियर हुनुस् । मैले प्रेमीको रूपमा कसैलाई रोजेकी छैन ।

पहिलो प्रेम पत्र ?
– ८, ९ कक्षामा पढ्दा एक केटाले दिएका थिए । त्यतिबेला चिट्ठी दिने चलन थियो । त्यो सानोबेलाको प्रेम सम्झँदा अहिले पनि रमाइलो लाग्छ । अहिले पनि ती व्यक्तिसँग कुरा हुन्छ । मेरो अहिलेको कदमबाट कामबाट उनी खुसी पनि छन् । सल्लाह दिन्छन् ।

कस्तो जीवनको साथी चाहना छ ?
– मलाई सपोर्ट गर्ने, बुझ्ने, केयर गर्ने, माया गर्ने र मेरो ड्रिमलाई आफ्नो ड्रिम सोच्ने जीवन साथीको कल्पना गरेकी छु । 

रोजेको व्यक्तिसँग डेट जाने अवसर दियो भने ?
हिरो प्रदीप खड्कासँग जान चाहन्छु । उनीजस्तै ड्रिम ब्वाइको कल्पना गरेकी छु । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप