सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री बन्न रस्साकस्सीः  पौडेलले अड्को थाप्दा देउवालाई तनाव

मङ्गलबार, १० साउन २०७४, १४ : ०७
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– आज बेलुकासम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहानैबाट आफू निकटका नेताहरुसँग छलफल गरेर अन्तिम तयारीमा जुटेका छन् । 


देउवाले आजै ५ बजेभित्र मन्त्रीहरुलाई सपथ गराउने  गरी तयारी थालेको बालुवाटार श्रोतले जनाएको छ । यद्यपी कांग्रेसका रामचन्द्र पौडेल पक्षले आफ्नो समुहलाई दिने मन्त्रालय र संख्या तोक्न दवाव दिएपछि प्रधानमन्त्री तथा कांग्रेसका सभापति समेत रहेका देउवा पौडेलपक्षलाई दिने मन्त्रालय र संख्या टुङग्याउन बालुवाटारमा आन्तरिक छलफलमा जुटेपनि पौडेल पक्षलाई देउवाले अझै मनाउन सकेका छैनन् । 


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा निकटहरुवीच भएको छलफलमा प्रधानमन्त्री देउवाको अलवा, आरजु देउवा, रमेश लेखक लगायतका नेताहरु सहभागि भएका थिए । सो छलफलमा सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गर्ने विषयमा कुराकानी भएको एक नेताले बताए । 


उनका अनुसार  कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये ६ वटामा पौडेल समुहले दावी गरेपछि त्यसको व्यवस्थापन गर्न देउवालाई समस्या परिरहेको छ । देउवाले ४ वटा मन्त्रालय दिएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेपनि त्यसमा पौडेल समहुले कडा आपत्ति जनाएको बुझिएको छ । देउवाका तर्फबाट पौडेल समुहलाई संख्या तोकिएपनि मन्त्रालयको भने अझै टुङगो लागिनसकेको बालुवाटार श्रोतले बताएको छ । 


आज बिहानै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई फोन गरेर मन्त्री बन्नेको नाम पठाउन देउवाले आग्रह गरेपनि पौडेल पक्षले ‘पहिला मन्त्रालय र संख्या टुङ्ग्याउनुस् अनिमात्र नाम दिन्छौ’ भन्ने जवाफ आएको बताइएको छ । 


पौडेल पक्षका एक नेताका अनुसार देउवाले मन्त्रालय र संख्या एकिन गरेपछि सो समुहले छलफल गरेर मन्त्री बन्नेको नाम दिने जवाफ दिएको बताइएको छ । ति नेताका अनुसार देउवाले आफुखुसी मन्त्रिमण्डल विस्तार गरे आफ्नो समूहले विरोध गर्नेछ । कांग्रेसभित्रको दवाव, सत्ता सहयात्रीको प्रेसर बढिरहेकोले देउवाले आफ्नो समुहबाट ४ र पौडेलको समुहबाट ४, कृष्ण सिटौला र खुमबहादुर खड्काको तर्फबाट एकएक जना समेटेर मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना रहेको तयारी गरेपनि त्यसमा पौडेलपक्ष असन्तुष्ट भएपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तार नै अन्योलमा परेको बताइएको छ । 


मन्त्रिपरिषद विस्तारमा पर्ने चर्चाका नामहरु    
देउवापक्ष – भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भिष्म आङदेम्बे, अर्जुन जोशी
पौडेल पक्ष– बलबहादुर केसी, रामकृष्ण यादव, जीवन परियार, बद्री पाण्डे, कमला पन्त ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप