सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विवाहपञ्चमीको तयारीमा जुट्यो नेपाली सेना

सोमबार, १७ मङ्सिर २०७५, १४ : ४२
सोमबार, १७ मङ्सिर २०७५

जनकपुर– सीताराम विवाहपञ्चमीलाई लक्षित गरी जनकपुरको ऐतिहासिक रंगभूमि मैदानको बृहत सरसफाई गरिएको छ । नेपाली सेनाको अगुवाइमा सोमबार विभिन्न संघ–संस्था तथा प्रतिनिधिहरुले सरसफाई गरेका हुन् ।

नेपाली सेनाको २७ नम्बर बाहिनी चोहर्वा सिरहाका सहायक रथी बाबुराम श्रेष्ठ, जनकपुर गोरखनाथ गणका गणपति भोला पाण्डे, रामजानकी विवाह महोत्सवका संयोजक जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवको अग्रसरतामा सरसफाई भएको छ ।

सरसफाईमा सुरक्षा निकायका सशस्त्र प्रहरी, नेपाल प्रहरीका लगायतका अभियन्ताहरुले समेत सहयोग गरेका छन् । नेपाली सेना २७ नम्बर बाहिनी चोहर्वाका सहायक रथी बाबुराम श्रेष्ठले विवाहपञ्चमी महोत्सवमा जनकपुरको सौन्दर्यता बढाउनुपर्ने भन्दै उनले नेपाली सेनाले महोत्सवसम्म निरन्तर सरसफाइसँगै अन्य सहयोगका लागि सदैव तत्पर रहेको बताए ।

नेपाली सेनाले २१ गतेदेखि औपचारिक रुपमा सुरु हुने महोत्सवको लागि जन्तीको स्वागतमा वैण्ड टिमको साथै हेलिकप्टरबाट पुष्पगुच्छा आकशेमार्गबाट बर्साउने गरेका छन् । नेपाली सेनाले श्रद्धालु भक्तजनहरुका लागि रंगभूमि मैदानमा आकस्मिक स्वास्थ्य शिविर, बस्ने र चिया खाजाको लागि समेत शिविर आयोजना गर्न लागेको गणपति पाण्डेले बताए  ।

बृहत रुपमा आयोजना गरिएको सरसफाई कार्यक्रममा प्रदेश नं.२ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पाल, सशस्त्र प्रहरीका एसपी राजु पाण्डे, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

ऐतिहासिक रंगभूमि मैदानमा विवहपञ्चमीको दिन भगवान राम र जानकीको डोलाको मिलन भएपछि स्वयंवर हुने गर्दछ । यस वर्ष अगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमी महोत्सव परेको छ ।

विवाहपञ्चमी महोत्सवको समय नजिकिएकाले रंगभूमि मैदानको सरसफाई गरेको जनाएको छ । जनकपुरमा ठुलठुला मेला एवं सभा सम्मेलनको आयोजन हुने बाह्रविघा मैदाननै भए तापनि नियमित सरसफाइ नहुँदा मैदान प्रायः फोहोरनै रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप