गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पलको डिलर सम्मेलन सम्पन्न
काठमाडौं – गोल्डस्टार जुत्ताको आधिकारिक निर्माता किरण सुज म्यानुफ्याकचरर्स तथा हात्ती छाप चप्पलको आधिकारिक निर्माता मोर्डन स्लीपर इन्डस्ट्रिज प्रा.ली. ले यही २२ जुलाई ( २४ जुलाई २०१७ मा भारत र नेपालका डिलरहरुको लागि डिलर सम्मेलन आयोजना गरेको छ । गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित यस ३ दिने लामो सम्मेलन फर्म स्टेप्स टु माइल्स् थिममा आधारित रहेको थियो ।
जसमा गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पलको ब्राण्ड बिकासमा नेपाल र भारतको हरेक डिलरको संयुतm योगदानलाई प्रकाशमा ल्याइएको थियो ।
गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पलको यस तीन दिन लामो कार्यव्रmममा नेपाल र भारतको ७५ डिलरहरुको सहभागिता रहेको थियो । कार्यव्रmममा ब्राण्डको बिकासको लागी गरिएका गत बर्षको योजनाको मूल्याङ्कन र आगामी बर्षको लागि अपनाउनुपर्ने योजनाको छलफल गरिएको थियो । त्यसैगरी डिलरहरुले विभिन्न गतिविधिहरु र मनोरञ्जनात्मक गतिविधिहरुमा सहभागिता जनाएका थिए ।
त्यसैगरी गत वर्षका उत्कृष्ट डिलरहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । कम्पनीको प्रबन्ध निर्देशक श्री अमिर प्रताप जे.वी. राणाले २० जना उत्कृष्ट डिलरहरुलाई सिङ्गापुर र क्रुज यात्राको भ्रमण प्याकेजद्वारा पुरस्कृत गरियो ।
यस डिलर भेला, डिलरहरुको दुबै ब्राण्ड प्रति गरिएको उल्लेखनीय प्रदर्शन तर्फ कृतज्ञता जनाउन कम्पनीद्वारा आयोजन गरीएको थियो । यस्तो कार्यक्रमहरु मार्पmत डिलरहरुलाई आगामी दिनहरुमा पनि अझ बढि प्रगतिशिल रहन प्रोत्शाहन मिल्छ भन्ने कम्पनिले अपेक्षा राखेको छ ।