आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरमा कोही नभएको बेला ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

शनिबार, २२ मङ्सिर २०७५, ०९ : ४३
शनिबार, २२ मङ्सिर २०७५

बुटवल — रुपन्देहीमा ५ बर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । गएराती रुपेन्देहीमा ५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया बालिकामाथि शुक्रबार राति  ६ जना युवाद्धारा सामूहिक बलात्कार भएको हो ।

६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन  खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।

रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तिले रातोपाटीलाई जानकारी दिए । 

पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

ती  वालिकाकी आमा सुत्केरी भएर माईतीमा बाबुले छोड्न गएकोले एक्लै घरमा रहेको बेला घर नजिकैको टहरोमा लगेर ती युवाहरुले बलात्कार गरेको जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप