मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'नेपालमा राजनीतिक लडाइँभन्दा पनि धार्मिक लडाइँको खतरा देख्छु'

आइतबार, ०१ पुस २०७५, १७ : ०६
आइतबार, ०१ पुस २०७५

विष्णुबहादुर मानन्धर

०१७ साल पुस १ को घटना हुँदा म केन्द्रीय कमिटीको सदस्य भइसकेको थिएँ । ०१५ सालको निर्वाचनपछि ०१६ सालमा म सेन्ट्रल कमिटीको सदस्य भएको थिएँ । मस्को सम्मेलनमा जानुपर्ने भएकाले तेस्रो पार्टी काँग्रेसको निर्णयलाई प्रस्तावित गरियो । उक्त पार्टी काँग्रेसको लागि डकुमेन्ट तयार भएको थियो तर त्यो पास भएन । त्यसलाई रिजेक्ट गरियो । मतलव केन्द्रीय समितिको सदस्य भैसकेपछि पनि जनुखालको भूमिका मैले खेल्नुपर्ने थियो, त्यसबाट म वञ्चित रहेको स्थिति थियो ।

तर संजोगले पुष १ गतेको दिनभर म जिल्ला कमिटिको बैठकमा थिए । त्यो बेलामा बारा र रौटहट जिल्लाको एउटै जिल्ला कमिटि थियो । म त्यो जिल्लाको सेक्रेटरी थिए । पौष २ गते गौरमा ठुलो मेला लाग्छ । त्यसलाइ मुश्लिमहरुले तदिया भन्छ । त्यहाँ के हल्ला चल्यो भने हिन्दु मुश्लिम दंगाको सम्भावना छ । म त्यो जिल्लाको जिम्मेवार राजनीतिक कार्यकर्ता भएको हुनाले २ गते फर्किनु पर्ने भयो । पौष १ गते १२ बजे सुरु गरेर रातभर बैठक गरियो । त्यो बैठक सकेर फर्कने क्रममा इन्डियन रेल्वे स्टेशनमा पुग्दा मानिसहरुले सोधे नेताजी केही थाहा पाउनु भयो ? ‘विपी एरेष्टेड, पार्लियामेन्ट डिजल्भड’ । त्यो सुनेर म आश्चर्यमा परें,े विश्वास गर्नै सकिनँ । 

म इतिहास पढ्छु, त्यसले केही कुरा थाहा हुन्छ । मस्को जानु अगाडि त्यो बेलामा केशरजंग रायमाझी महासचिव हुनुहुन्थ्यो । उहाँको राजासँग भेटमा राजाले ‘यो सरकारले राम्रो काम गरेन, धेरै मनपरि गर्दैछ । जनता रिसिएका छन् । यस्तो बेलामा तपाईं विदेश जान लाग्नुभयो । तपाईंले विचार गर्नुपर्छ’ भनेछन् । रायमाझीले म छिटो फर्कन्छु तर व्यवस्थानै फाल्नेतर्फ नलाग्नु होला, अरु कुनै उपाए गर्नुहोला भनेछन् । यो कुरा रायमाझीकै लेखबाट थाहा भयो । पछि यो पनि थाहा भयो कि राजाले केही कदम उठाउन गैरहेका छन् भनेर हाम्रा केही नेतृत्वका मानिसहरुलाई पनि थाहा थियो । 

तर, हामीलाई त्यसबारेमा केही थाहा थिएन । हामीले नसोचेको घटना भएको थियो त्यति बेला । त्यतिवेला केही त्यस्तो संयन्त्र थिएन कि घटनाबारे अरु नेताहरुलाई पनि छिटो सूचना पुर्याउने । हामी पत्रपत्रिकाको भर पर्नु पर्थ्र्यो । पत्रिका पनि कहिले समयमा पुग्थे, कहिले पुग्दैनथे । त्यतिवेलाको त्यो घटना हामिलाई आश्चर्यजनक घटना लागेको थियो । यद्यपि त्यो घटना एकै दिनमा घटेको होइन, त्यसका आधारहरु तयार हँुदै गएका थिए । तर हामीले थाहा पाएनौँ । 

पौस १ को घटनापछि कम्युनिष्टहरुले खुशियाली मनाएको सुनेको 

त्यो घटना पछि एकथरि कम्युनिष्टहरुले खुशियाली मनाए रे भनेर सुनें । तर मेरो जिल्लामा त्यस्तो भएको होईन । कम्युनिष्टहरुले दिपावली गरे भनियो तर कहाँ गरे मलाई थाहा त छैन । तर प्रचार भएको मैले सुनेको थिएँ । सम्भवत त्यो काठमाडौँमानै भएको थियो होला । हेर्नुस्, काठमाडौँमा जे पनि हुन्छ । नहुनुपर्नेमा हुने र  हुनु पर्नेमा नहुने ठाउँ हो काठमाडौँ । तराइतिर कतै त्यस्तो देखिनँ । 

नेपाली काँग्रेसको एक्लो दुई तिहाई थियो । अहिलेको कम्युनिष्ट पार्टीको एक्लो दुई तिहाई छैन । अरु पार्टी मिलाएर दुई तिहाई पुर्याएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुदाँ दुई तिहाई थिएन तर उनले रामै्र छाप पारेका थिए । पछि कम्युनिष्ट पार्टीको छवि विगारे । 

सरकारलाई बाहिरबाट खतरा छैन, पार्टीभित्रैबाट खतरा छ 

प्रचण्डजिले यहाँ भन्नु भएन । यो सरकार गठन भएपछि उहाँ दिल्ली भ्रमणमा जानुभयो । त्यहाँ गएर मेरो र ओलीको बीचमा एउटा भद्र सम्झौता भएको छ भनेर डिस्क्लोज गर्नुभयो । हाम्रो महाधिवेश पश्चात कि त म अध्यक्ष हुन्छु, कि त प्रधानमन्त्री हुन्छु । उहाँले यहाँ नभनेर दिल्लीमा भन्नु भयो । भद्र सहमतिको कस्तो चरित्र छ भने दुईजना बाहेक अरुलाई थाहानै हुदैँन । त्यो कुरा हेर्ने हो भने शंकाको गुन्जाइस छ । यो बाहिरबाट हैन पार्टी भित्रैबाट केहि गोलमाल हुने सम्भावना देखिन्छ । तर मेरो आफ्नो विश्लेषणमा दुइ ठुला कम्युनिष्ट पार्टीबीचमा एकता भैसकेको धेरै हँुदा पनि पार्टीको राजनीतिक दस्तावेद समेत तयार भएको छैन । बल्लतल्ल प्रदेशस्तरको कमिटिमा रहने पदाधिकारी र सदस्यहरुको नामाकरण गरिएको छ । त्यसमा पनि विवाद छ । केन्द्रीय कमिटिका सदस्यहरुको कार्यविभाजन भएको छैन । लाखौँ कार्यकर्तालाई बेरोजगार बनाइएको छ । त्यसकारण यस्तो अवस्था भैरहँदा मलाई के लाग्छ भने, यो सिद्धान्तको आधारमा एकता भएको होइन । 

यिनिहरुले देखे कि दुई वटा पार्टी मिलेमा बहुमत आउँछ र हामी सरकार चलाउँछाँै । एउटा घटना सुनाउँछु । म नेकपा संयुक्तमा काम गर्थे । त्यहाँ धेरै विवाद भयो । स्थिति यस्तो सिर्जना गरियो कि केन्द्रीय कमिटिका सदस्यहरुले मेरो कुरा सुन्न तयार भएनन् । पछि मैले पार्टी सदस्य रिन्यु गरिनँ । त्यसपछिको ‘नाइन्थ एक्ट्राअर्डिनरी काग्रेस’ भनेर नेकपा संयुक्तले गर्यो । अरु पार्टीका नेता सरह त्यो बेला मलाई पनि निम्ता आयो । कार्यक्रमको सुरुवाति सेसनमा म सहभागि भए । त्यहाँ मैले भने मेरो पार्टीमा नेतृत्वमा मेरो कुरा सुन्न कोही तयार छैनन् । त्यसकारण मैले पार्टीको चिन्ता छोडिदिएको छु । तर त्यो भन्दा चिन्ताबाट ग्रसित छु । किनभने कम्युनिष्ट आन्दोलनमा यस्तो प्रवृति विकास भएको छ, जसरी हुन्छ सत्तामा पुग्नु । यो प्रवृतिले जुन नेतृत्व सत्तामा पुग्दा नपुग्दै यति भ्रष्ट भैसकेको हुन्छ, त्यसले ल्याउने व्यवस्था कस्तो होला म भन्न सक्दिनँ तर यति भन्न सक्छु त्यसले समाजवाद ल्याउँदैन । राजनीतिक व्यक्तिको रुपमा मेरो अन्तिम भाषण थियो । त्यसकारण मेरो व्यक्तिगत विचारमा अहिलेका दुई पार्टी सैद्धान्तिक आधारमा एक भएका हैनन् । यिनिहरु सत्ता स्वार्थको आधारमा भएका हुन् । अहिले दुइ तिहाइ पुर्याएका छन् । एउटै पार्टीको बलियो बहुमत छ । त्यसकारण यो पार्टी भित्र झुलिरहेका नेतृत्वले जति आफ्नो स्वार्थ पुरा गर्न पाउँछ त्यति अरु पार्टीले पाउँदैनन् । यो ठुलो स्वार्थले गर्दा पार्टी भित्र अनेक बाधा, झगडाहरु भएपनि लास्टमा मिल्छन् तर फुट्दैन । जुन आधारमा एकता भयो त्यो आधारले यिनलाई फुट्न दिँदैन । तर कहिलेकाहिँ के हुन्छ भनेर भन्न सकिँदैन । 

हिन्दुराज्य घोषणाका लागि ठुला लविङ् हुन थालेका छन्
अहिले हिन्दुवादको कुरा आइरहेको छ । काँग्रेस भित्र केहिले त्यो कुरा उठाएका छन् । त्यहाँ हिन्दु राज्य घोषणा गर्नका लागि जनमत संग्रह गराउन यो सरकारलाई बाध्य पार्ने ठुलो लविङ् भएको छ । यूपी प्रदेशका मुख्य मन्त्री जसले नेपालमा राजतन्त्र र हिन्दुत्वको शासन हुनु पर्छ भन्ने मान्छे हुन् ति । अरुलाई नपठाएर तिनैलाई नेपाल पठाइयो । राममन्दीर बनाउने बेला एउटा सूचना आयो । हरेक हिन्दुले हातमा दुई दुई वटा इटा बोकेर आउन भनियो । त्यहि बेला हाम्रो जिल्लाबाट पनि दुइवटा इटा बोकेर गएका थिए । धर्मको यस्तो दुस्प्रभाव हुन्छ । यस्तो हुदाँ हुदैँपनि राम्रो गरी स्वास फेर्ने मौका साउथ एशियामा दिएको छ । भारतमा अहिलेको चुनावमा सक्तपक्षले नराम्रो हार व्यहोर्यो । ‘मे वि गेम चेन्जिङ्’ भनिन्छ । तैपनि हिन्दुत्वको सवालमा जुन कुरा उठाइदै छ, कांग्रेस र राप्रपामा उदारवाद हिन्दु राज्य हुनुपर्छ भनेर त्यस्तो प्रयासहरु भैरहेको छ । नेपालमा अव राजनीतिक लडाँइ हुदैन यहाँ धार्मिक लडाँइ हुन्छ । यो खतरा अहिले पनि कायम छ । घर्म यस्तो विषय हो त्यसलाई अरु फ्याक्टरले रोक्न कठिन हुन्छ । पार्लियामेन्टमा भोटको माध्यमद्वारा सरकार उलटपुलट गर्न सम्भव नहोला । तर हिन्दु राज्य घोषणा गर्न जस्तोसुकै कदम पनि चाल्न सक्ने देखिन्छ । यो ठुलो खतरा हो । त्यसकारण यो खतरालाई टार्न कम्युनिष्टहरुले ध्यान दिन जरुरी छ । 

बबिता शर्मासँगको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णुबहादुर मानन्धर
विष्णुबहादुर मानन्धर
लेखकबाट थप