मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय सकारात्मकः राजपा

तेस्रो चरणको चुनाव  असोज २ मा गर्न प्रस्ताव
बिहीबार, ०१ असार २०७४, १४ : ०९
बिहीबार, ०१ असार २०७४


काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले  प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणका गर्ने निर्णय हुनुलाई सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।  राजपा अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले  सरकारले आफूहरुको माग सम्बोधन गर्ने गरी चुनावको मिति सार्ने सहमति गर्नुलाई सकारात्मक भएको प्रतिक्रिया दिए । 


सिंहदरबारमा बिहिबार बसेको सत्तारुढ दल र राजपाबीचको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले सरकारले औपचारिक निर्णय गर्न बाँकी भएको भएपनि आज जुन समझदारी भयो त्यसलाई राजपाले सकारात्मक रुपमा लिएरको प्रतिक्रिया दिए ।  उनले आफूहरुले असोज २ को लागि दुई नम्बर प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको पनि बताए । 


 सरकार र राजपाबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने विषयमा समझदारी भएपनि बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै हुने नेताहरुले बताएका छन् । 
राजपाले   संविधान संशोधनलगायतका आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने भन्दै आन्दोलन कै घोषणा गरेपछि सत्तारुढ दलले  दुई नम्बर प्रदेशको चुनाव सार्न सहमति जनाएको हो । 


राजपाले  संविधान संशोधन हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या थप गरिनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई  उपचार र क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गरिनुपर्ने, थुनामा रहेकालाई रिहाई गरिनुपर्नेलगायतका माग राखेको छ ।  यसअघि नै प्रधानन्त्री शेरबहादुर देउवाले चुनावअघि संविधान संशोधन हुन नसक्ने  स्पष्ट जवाफ दिएका थिए भने त्यो लगत्तै चिढिएको राजपा अब चुनाव सार्ने सहमति भएसँगै दोस्रो चरणको चुनावमा पनि सहभागि हुने र सोलगत्तै संशोधन गर्नतिर लागिने सहमति भएको बताइएको छ ।

आयोगसँग थप परामर्श

 प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको  बैठकमा दुई नम्बर प्रदेशको चुनाव सार्ने विषयमा समझदारी भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  बैठकपछि  शर्माले  दुई नम्बर प्रदेशको चुनाव कहिले गराउने भन्ने विषमया  चाहिँ थप छलफलबाट टुंगो लगाइने बताए । 


यस्तै माओवादी प्रवक्ता पम्फा भुसालले  दुई नम्बर प्रदेशको चुनाव ते्रसो चरणमा गर्ने निर्णय भएको जानकारी दिँदै   आयोग परामर्शको आधारमा नयाँ मिति तय गरिने बताइन् । 


यस्तै भोलि  मनोनयन दर्ताको दिन भएकाले सो समय केहि दिन सार्नको लागि तथा तेस्रो चररणको मिति तय गर्नको लागि आयोगसँग आज तीन बजे पुन छलफल गरिने बताइन् । 


यस्तै कांग्रेस नेता विमलेन्द्र निधिले राजपा दोस्रो चरणको चुनावमा सहभागि हुने विश्वास व्यक्त गरे । 
एमालेद्वारा विरोध


यसैबीच एमालेले २ नम्बर प्रदेशमा चुनाव सार्ने सरकारको निर्णयको विरोध गरेको छ । बिहिबारै बसेको एमाले स्थायी कमिटी बैठकले कुनै पनि हालतमा चुनाव सार्न नहुने भन्दै असार १४ मै सबै प्रदेशको चुनाव हुनुपर्नेमा जोड दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप