मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल

बिहीबार, ०५ पुस २०७५, ०६ : ०२
बिहीबार, ०५ पुस २०७५

वि.सं. २०७५ साल पौष ०५ गते बिहीबार । इस्वी सन् २०१८ डिसेम्बर २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि त्रयोदशी,  ५० घडी ३० पला । नक्षत्र कृतिका,  ४८ घडी २५ पला,  रातको ०२ बजेर १३ मिनेट उप्रान्त रोहिणी । योग सिद्ध,  ३० घडी ०७ पला,  बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त साध्य । करण कौलव,  दिउँसो ०३ बजेर ३१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि मेष,  बिहान ०८ बजेर २४ मिनेट उप्रान्त वृष । 

काठमाडौँमा सूर्योदय ०६ बजेर ५१ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ५० पला । 

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, ) बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरू आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नीबीच माया प्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  सामाजिक कामहरू समयमा गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरू सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रूपमा सुदृढ हुने समय रहेको छ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीहरूलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पत्ति कमाउन सकिने हुँदा आवश्यकताहरू परिपूर्ति हुनेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर खिच्न सकिनेछ । बिहानको समयमा विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । 

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । बिहानको समय राम्रो रहेकाले व्यापार व्यावसाय फस्टाएर जानुको साथै प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । 

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) आर्थिक व्यावस्थापन तथा रूपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सही तरिकाले बाँडफाँड गर्न नसक्दा कामहरू थाँती रहनेछन् ।  पैतृक धन सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा जानेछ । माया प्रेमका कोपिलाहरू फक्रन नपाउने हुनालेमन दुःखी हुनेछ । अरूकै पछि लागेर हिँड्नाले उललब्धि पनि नहुँने तथा आफ्ना कामहरू थाँती रहनेछन् ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  ध्यान अन्यत्रै मोडिँदा पढाइलेखाइमा अरू भन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरहरू गुम्न सक्छन्, ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ । 

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  अरूलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दूरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिरतिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपाईंको प्रभाव बढ्ने हुनाले समयमा कामहरू बन्नेछन् । बिहानको समय मध्ययम रहेकोले सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुःख दिनेहरू सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ,  काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् । 

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  मायाप्रेममा अविश्वास बढ्नेछ भने पतिपत्नीबीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लोपनको महशुस हुनेछ । पहिलेका सम्झौता भङ्ग हुनेछ भने साझेदारहरू बीच भनाभन हुने प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा अल्छी गर्नाले नतिजा भनेजस्तो आउने छैन । विलाशी सामान प्राप्तिको योग भए पनि तपाईं आफ्नै कारणले टरेर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउँन सक्छ । गोप्य कुराहरू बाहिर आउने अधिक सम्भावना रहेको छ । धन सम्पत्ति तथा अचल सम्पत्ति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यायालयबाट हुने निर्णयहरू तपाईंको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेको छ । बिहानको समय व्यापार व्यावसाय फस्टाएर जानेछ भने पढाइ लेखाइमा उल्लेख्य सुधार भएर जानेछ । 

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकस्मिक धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ भने सेयर बजारमा गरेका लगानी फस्टाएर जानेछ । 

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  घर जग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परेको भान हुनेछ । छातीसम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्मा रमाउने चाहनेहरूका लागि समय मध्ययम रहेको छ । 

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला, नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुस हुनेछ । विद्यामा सफलता पाउन कडा मिहिनेत गर्नुपर्नेछ । दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्नेछ । बिहानको समय राम्रो रहेकाले कुटुम्ब तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप