सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालको शीर उच्च पारेर फर्किएकी छु : मिस नेपाल युनिभर्स मनिता देवकोटा

बिहीबार, ०५ पुस २०७५, १७ : ०१
बिहीबार, ०५ पुस २०७५

काठमाडौँ । मिस नेपाल युनिभर्स मनिता देवकोटाले मिस युनिभर्स २०१८ मा भाग लिएर नेपालको शीर उच्च पारेर फर्किएको बताएकी छिन् ।

दोस्रो पटकको सहभागितामा नै नेपालले ठूलो सफलता प्राप्त गर्न सफल भएको जिकिर गर्दै उनले यो ठूलो उपलब्धि भएको बताइन् ।

नेपाललाई प्रतिधित्वि गर्दै प्रतियोगितामा भाग लिएकी देवकोटा एसिया, अफ्रिका र प्यासिफक राष्ट्रमध्ये शीर्ष पाँच तथा समग्रमा शीर्ष १० मा पुग्न सफल भएकी थिइन् ।

मिस युनिभर्स प्रतियोगिताको अनुभव बाँड्दै उनले नेपाल पहिलोपटक अक्सन नाइट गालामा नेपाल पहिलो पटक नोटिस भएको जानकारी दिइन् ।

‘बुद्धिस्ट स्याडो बक्सलाई लिलामीमा राख्ने मौका पाएकी थिएँ,’ उनले भनिन्, ‘उनीहरुले मेरो संवादको शैली निकै मनपराए । त्यस्तै बौद्ध धर्मावलम्बीहरु धेरै भएकाले नेपालले पठाएको उपहार पनि उनीहरु निकै मनपराए ।’

उनका अनुसार उक्त स्याडो बक्सले लिलामीमा सबैभन्दा बढी रकम संकलन गरेको थियो । ३ सय डलरको उक्त बक्सले ९ हजार ६ सय अमेरिकी डलर संकलन गर्न सफल भएको थियो ।

त्यसपछि राष्ट्रिय पोशाक प्रदर्शनीमा बुद्धमा आधारित पहिरन तयार गरेको कारण पनि थाई जनताले निकै मन पराएको बताइन् ।

यसपटक ६० प्रतिशत अंक अन्तर्वार्ताको राउण्ड र २० प्रतिशत अंक प्रिलिमिनरी गाउन र २० प्रतिशत अंक स्वीमसुट कम्पिटिसनबाट ग्रेडिङ गरिएको थियो ।

मनिताका अनुसार अन्तरर्वाता राउण्डमा राम्रो प्रदर्शन गरेकाले आफू शीर्ष १० सम्म पुग्न सफल भएको पनि बताइन् ।

उनले आफू गैरआवासीय नेपाली भएको कारण मलाई सँधै नेपालका लागि केही गरौँ भन्ने भाव रहेको पनि बताइन् । ‘अहिले आएर अन्तर्राष्ट्रिय स्टेजमा नेपालको नाम पुर्याउनु पाउँदा गर्वान्वित र प्रशन्न छु,’ उनले भनिन् ।

‘मिस नेपालमा मेरो सहभागिताले नेपालबाहिर रहेका धेरै नेपाली युवतीहरुलाई पनि अर्कौ वर्षदेखि प्रतियोगितामा भाग लिने प्रेरणा मिल्ने आशा गरेकी छु,’ उनले भनिन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप