मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णयमा यस्तो आयो एमालेको प्रतिक्रिया

बिहीबार, ०१ असार २०७४, १४ : ४०
बिहीबार, ०१ असार २०७४

काठमाडौं– प्रदेश २ को चुनाव सार्ने निर्णयको नेकपा एमालेले विरोध गरेको छ । एमाले महासचिव इश्वर पोखरेलले सरकारबाटै चुनावी प्रक्रियालाई अवरोध पुर्याउने काम भएको भन्दै  यसले संविधान  कार्यान्वयनमै अवरोध पुग्ने दाबी गरे ।  


उनले चुनावका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको तथा सुरक्षा व्यवस्था पनि मजबुद रहेको अवस्थामा गैरराजनीतिक चरित्र प्रदर्शन गर्नेहरुको लहैलहैमा लागेर चुनाव सारिनु दुर्भाग्यपूर्ण भएको  प्रतिक्रिया दिए । 


यस्तै एमाले सचिव  पृथ्वी सुब्बा गुरुङले पनि जातीयताको राजनीति गर्नेहरुसँग कांग्रेस र माओवादी केन्द्रले गलत सम्झौता गरेको भन्दै यसविरुद्ध पार्टीले देशव्यापी अभियान चलाउने बताए । 


आज सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र तथा राजपाबीच भएको वार्तामा प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गर्ने समझदारी भएको थियो ।  तर १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै हुने नेताहरुले बताएका छन् । 


सत्तारुढ दल राजपाबीचको सहमति पछि एमाले महासचिव इश्वर पोखरेलले भने–


निर्णयले लोकतान्त्रिक प्रक्रियालाई अवरोध पुर्याउने काम भएको छ । निर्वाचन सार्नु उचित होइन किनभने यो संविधान कार्यान्वयनको  जोडिएको विषय हो ।  यसले गर्दा संविधान कार्यान्वयनमा अवरोध पुग्छ । हामीले चुनाव सर्ने हल्ला भएसँगै सत्तापक्ष र निर्वाचन आयोगलाई भेटेर चुनाव नसार्न ध्यानकर्षण गरायौं । आयोगले पनि सबै तयारी गरिसकेको थियो । सुरक्षा व्यवस्था पनि भरपूर थियो । के कारणले सारियो ? संविधान जारी हुन नदिने, जारी भएपछि च्यात्नेहरुसँग माओवादी कांग्रेसको सम्बन्ध अझैं जोडिइरहेको छ । यीनिहरुले पहिला बैशाख ३१ भने, फेरि जेठ ३१ भने । पछि असार ९ भने अहिले  असार १४ बाट पनि सारे । यो निकै दुर्भाग्य हो । 


सचिव पृथ्वी सुब्बा गुरुङले भने–


एमालेले चुनाव नसार्न भन्दाभन्दै सारिएको छ। आयोगले चाहेर  पनि अब सरकारको निर्णय काट्न सक्दैन । जातीयताको राजीनीति गर्नेहरुसँग प्रधानमन्त्री शेरबहादुर देउवाले पदको लागि सम्झौता गरे ।  सम्प्रदायिकता जातीयको बिउ रोप्नेहरुका कराण राज्य कमजोर हुन्छ ।  दुई नम्बर प्रदेशका ठूलो समस्या थिएन तर पदले गर्दा देउवालाई ठूलो समस्या भयो । देउवाले हिजो राजासँग सम्झौता गरे । आज राजपासँग गरे । उनी सम्झौता वादी हुन् । यो दूभाग्यपूर्ण निर्णय हो ।  यो निर्णयलाई  तीन प्रदेशमा चुनावी मुद्दा बनाउँछ एमालेले। संसददेखि सडकसम्म देउवाको आत्मसमर्पणवादी प्रबृत्तिको भण्डाभोर गर्छौ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप