आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो (अपडेट)

शुक्रबार, ०६ पुस २०७५, १९ : ०९
शुक्रबार, ०६ पुस २०७५

बुटवल– दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।  घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए ।

घटनामा परेका १३ जना गम्भीर घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा लगिएको जनाइएको छ । त्यसमध्ये  ८ जना पठाइसकेको र ५ जना लगिदै गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा  ९ जना महिला र ४ जना पुरुष रहेको बताइएको छ ।   

शहिद कृष्णसेन प्राविधिक विद्यालयका शिक्षक तथा विद्यार्थीसहितको टोली चढेको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणबाट फर्किने क्रममा दुर्घटनामा परेको हो  ।

विद्यालयले ३२ जना विद्यार्थी, २ जना शिक्षक,१ जना चालक र १ जना सहचालक बसमा सवार रहेको बताएको डिएसपी  शाहीले बताए ।  बसमा बीच बाटोबाट समेत केही यात्रु चढेको आशंका प्रहरीले गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप