आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङ बस दुर्घटना : मृतक सबै २३ जनाको सनाखत (नामावलीसहित)

शनिबार, ०७ पुस २०७५, १६ : ५५
शनिबार, ०७ पुस २०७५

बुटवल – दाङमा शुक्रबार साँझ भएको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनाका सबै २३ जना मृतकको सनाखत भएको छ । 

 जिल्ला प्रहरी कार्यालय दाङले मृतक सवै जनाको सनाखत गरेर सकिएको र शव आफन्तजनलाई बुझाएको जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा  १९ जना पुरुष ४ महिला रहेका छन् । जसमा  दाङका ६ जना, जुम्लाका ११ जना, कञ्चनपुर, डोल्पा, जाजरकोट, बाजुरा, बझाङ,  र रुकुम पूर्वका १–१ जना रहेका छन् ।  
ज्यान गुमाउनेको नामावली
 १– कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा. 
 २– कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५
 ३–आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट  
४– खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५ 
५–हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३  
६–प्रदीप  घिमिरे  बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७  
७– संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण  गा.पा.–१
८–बिरेन्द्र कडारा बर्ष २० ,  जुम्ला कान्कासुन्दरी गाउँपालिका–५  
९–नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६ 
१०–विजय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४ 
११– शैलाजा शाही  बर्ष १७ ,  जुम्ला हिमा गा.पा.–५ ( चालक )
१२– मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग ( चालक )
१३–अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४
१४–गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग .( सह–चालक )
 १५–गजेन्द्र  ऐडी बर्ष १६ , डोल्पा , गजदुल्ला गा.पा.पा ३
१६–महेश जोसी बर्ष १९ , बझाङ्ग, जयपृथ्वी नगरपालिका–१२
१७–रितेन्द्र शाही  बर्ष १९ ,  जुम्ला चन्दनाथ गा.पा.–१४
१८–रुपेश शाही बर्ष २२ ,  सोही गाउँपालिका–१० जुम्ला
१९– देविप्रसाद उपाध्याय बर्ष १६ , सोही गाउँपालिका–३ जुम्ला
२० विपना खत्री बर्ष १७ , सोही स्थान
२१–जंग ब बुढा  बर्ष १९ जुम्ला रारालिखी–१
२२ वीरेन्द्र कन्दरा  बर्ष १९ , जुम्ला कनाकासुन्दरी जुम्ला १८
२३– लोकेन्द्र रावत बर्ष १८ ,  बाजुरा बुढीगंगा–१०

यसैबीच दुर्घटनाका १२ गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।  नेपालगञ्ज र कोहलपुरमा उपचार हनु नसकेपछि शनिबार उनीहरुलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

घाइते र मृतक सबै घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन्।

तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप(महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो। प्रहरीका अनुसार सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।
 
   प्रिन्सिपल यादव सुवेदीले  शिक्षालय  नै खाली   र शून्य भएको भएको प्रतिकृया दिए ।  ‘डिप्लोमा फरेष्टीका ३४ जना विद्यार्थी , दुई जना शिक्षक तीन जना चालक दल सल्यानको मुलपानीमा अव्जरभेसनका लागि पठाएका थियौं , ती मध्ये सल्यान ओखरकोट भर हुने चुरामणी ओली र विजय डाँडी आज हामी घर पसेर आउँछौं भनेर त्यतै बसेर बाँच्न सफल भए’ सुवेदीले भने, ‘ ३४ जना विद्यार्थी र बीचम एक जना महिला चढेकी रहिछन् । सल्यान र  दाङ्गको सीमानामा पर्ने राम्री भन्ने स्थानमा रहेको खोल्सामा मोड्ने क्रममा दुर्घटना भएछ । ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप