मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यी राशिका लागि हुनेछ आजको दिन शुभ

सोमबार, ०९ पुस २०७५, ०६ : १८
सोमबार, ०९ पुस २०७५

वि.सं.२०७५ साल पौष ०९ गते । सोमबार । ईश्वी सन् २०१८ डिसेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि द्वितीया,३३ घडी ०९ पला,बेलुकी ०८ बजेर ०९ मिनेट उप्रान्त तृतीया । नक्षत्र पुनर्वशु,३७ घडी ३८ पला,बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त तिष्य । योग ब्रम्ह,०४ घडि ०८ पला,बिहान ०८ बजेर ४८ मिनेट उप्रान्त ऐन्द्र । करण तैतिल,बिहान ०९ बजेर १४ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ०९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा धुम्र योग । चन्द्रराशि मिथुन,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २५ घडी ५० पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । बिद्यार्थिहरुले पढ्न लेख्न मन नगर्दा पढाई बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रा गर्ने अवसर आएपनि गन्तब्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुदा थप लगानि गर्ने वाताबरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ भने पति पत्निबिच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेनतिजा तपाईकै पोल्टोमा पर्नेछ ।
    
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा  सम्मानजनक स्थान पाउन बढिनै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरु सँग बिवाद बढ्ने योग रहेकोछ मने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुने हुदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काविच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । बिहानको समयमा विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ । साझपख समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानि बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछैन । माया प्रेममा आफ्नो मायालुसँग दुरि बढ्ने योग रहेकोछ । साझपख पढाई लेखाईमा मन जाने हुनादे नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसि रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ । साझपख समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक हुने प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनादे सफलता हात लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशि तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । साझपख समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साना तिना काममा समय व्यातित हुदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनु होला समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेमम एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केहि दिनको लागि पछि सार्नु उपयूक्त हुनेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो आउने छैन  । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रयत्न गर्दा महत्पपुर्ण कामहरु सम्पादन हुनेछन् । पछि सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानि बढ्ने हुदा लगानि गर्ने अवसर जुर्नेछ । माया आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि बढाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।         
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप